पुस १७ , नवलपरासी । प्रथम जेनिथ कप खुला नक आउट फुटवल प्रतियोगिताकाे पहिलाे खेलमा शिभपुर एफ सि रूपन्देही बिजयी भएकाे छ ।
सुनवल ३, किर्तिपुर पश्चिम नवलपरासीकाे खेलमैदानमा आज बुधबार देखि सुरु भएको खेलमा उदय युवा क्लव लाई ३ का विरुद्ध ४ गोला गर्दै शसभपुर एफ सि रूपन्देही बिजयी भएको हो।
भोलि सनराईज एफ सि र मुनस्टार एफ सि बिच प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जनाएको छ । आजकाे उद्घाटन खेल क्लबका अध्यक्ष निकेश गुरुङको अध्यक्षता तथा सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा फुटबल रेफ्रीलाई हस्तान्तरण गरि सुरु भएको थियाे ।
समुद्घाट्न कार्यक्रममा बाेल्दै प्रमुख अतिथी अर्यालले खेलकाे माध्यमबाट सुनवललाई चिनाउन, स्थानीय खेलाडी मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडि जन्माउने उदेश्यले खेललाई समेत प्राथमिकतामा राखेर अगाडि बढेकाे बताउनुभयाे ।
पुस १७ गते अर्थात आज बुधबारदेखि सुरु भएको प्रथम जेनिथ कप नक आउट खुल्ला प्रतियोगिता माघ ३ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेताले १ लाख १ हजार १ सय ११ र उपबिजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन र। भने विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ ।