ताजा अपडेटः

महाकवि देवकोटा क्याम्पसकाे १४ ओै वार्षिक क्याम्पस सभा भव्य रूपमा सम्पन्न

कल्पना खरेल
महाकवि देवकोटा क्याम्पसकाे १४ ओै वार्षिक क्याम्पस सभा भव्य रूपमा सम्पन्न प्रकाशित मिति: १७ पुष २०८१, बुधबार २०:१९

पुष १७, नवलपरासी । महाकवि देवकोटा क्याम्पस सुनवल-४ पश्चिम नवलपरासीको १४ ओै वार्षिक क्याम्पस सभा,आज बुधबार सम्पन्न भएकाे छ ।
क्याम्पक संचालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एवम् पूर्व कानुन मन्त्री ध्रुर्वबहादुर प्रधानकाे प्रमुख आतिथ्यतामा उक्त क्याम्पस सभा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै संघिय सांसद प्रधानले गुणस्तरीय शिक्षा प्रदान गर्ने एक अब्बल सामुदायिक क्याम्पसकाे रूपमा परिचय बनाउन सफल यस क्याम्पस यस क्षेत्रकै नमुना क्याम्पस रहेकाे बताउनुभयाे । क्याम्पसकाे स्तर उन्नतिकालागि ५० लाख बिनियाेजन गरिएकाे भन्दै प्रधानले आगमी दिनमा पनि  क्याम्पसको भौतिक संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै सुनवल नगरपालिकाकाे नगर प्रमुख विमला अर्यालले सुनवललाई शैक्षिक हबका रूपमा स्थापित गर्न स्थानीय  सरकार लागि परेकाेले विद्यार्थीकाे शैक्षिक विकाश देखि राेजगार दिने सम्मकाे क्याम्पसकाे भूमिकाप्रति खुलेर प्रशंसा गर्नुभयाे।
समाज रूपान्तरणमा शिक्षा अपरिहार्य रहेकाे भन्दै नगरप्रमुख अर्यालले हालसम्म बर्सेनि ३०-४० लाख विनियोजन गर्दै आइरहेकाेमा आफ्नाे कार्यकाल रहदा सम्म त्यसले निरन्तरता पाउने  विश्वास व्यक्त गर्नुभयाे ।
अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पक संचालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेले वि.स २०६० सालमा स्थपित यस क्याम्पसले गुणस्तर सँग कुनै पनि सम्झैता नगरि दुई चोटि सम्म  एघारौं नम्बरमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्यु ए ए प्रमाणपत्र प्राप्त गर्न सफल रहेकाे बताउनुभयाे ।
वर्तमान समयमा क्याम्पसले वार्षिक प्रणालीतर्फ  BBS, B.Ed. र BA साथै सेमेस्टर प्रणालीतर्फ BBA र BICTE जस्ता कार्यक्रमहरू संचालनमा ल्याएकाे भन्दै   अध्यक्ष लामिछानेले क्याम्पसलाई सहयोग गर्ने सबैप्रति धन्यवाद ब्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा  क्याम्पस प्रमुख नारायण ढकालले क्याम्पस प्रमुखकाे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै क्याम्पस सभामा  प्रमुख अतिथि संघिय सांसद प्रधानबाट देवकोटा जनरल भोलुम ७  विमोचन गरि मोवाईल एप्लिकेशन र वेवसाईट लन्च  समेत गरिएको थियो भने विभिन्न विधामा क्याम्पसका  संस्थापक अध्यक्ष थानप्रसाद गैरै , निवर्तमान अध्यक्ष विष्णुप्रसाद पाैडेल , निवर्तमान क्याम्पस प्रमुख अनिल बस्नेत, श्रवण कुमार कुसुवनह, प्रध्यापक कर्मचारीलाई सम्मान समेत गरिएकाे थियाे ।
सहायक क्यम्पस प्रमुख हरिदत्त शर्माकाे संचालक र  वडा नम्वर ४ का वडाध्यक्ष बालकृष्ण पंगेनिको स्वागत रहेको कार्यक्रममा सल्लाहाकार संयोजक वोधराज घिमिरे, यज्ञप्रसाद पाण्डे, विद्यार्थी परिषद सस्दय एलिजा वस्याल, क्याम्पस आजिवन सदस्य कृष्ण वन्धु अर्याल, अभिभावक मिना पराजुली लगाएतले शुभकामना मन्तव्य  ब्यक्त गर्नुभएको थियो ।




Ads