ताजा अपडेटः

निर्दयतापुर्बक कुकुरहरु मारी सामाजिक संजालमा पोष्ट गर्ने सुस्ताकाे दुइ व्यक्तिहरु पक्राउ

कल्पना खरेल
निर्दयतापुर्बक कुकुरहरु मारी सामाजिक संजालमा पोष्ट गर्ने सुस्ताकाे दुइ व्यक्तिहरु पक्राउ प्रकाशित मिति: १७ पुष २०८१, बुधबार १८:४६

पुस १७ , नवलपरासी । ५ वटा कुकुरको बच्चा र १ वटा माउ कुकुर समेतलाई नदि किनारामा निर्दयतापुर्बक मारी सामाजिक संजालमा पोष्ट गर्ने व्यक्तिहरु पक्राउ गरिएकाे छ ।
व्याप्त गुनासो पश्चात सूक्ष्म अनुसन्धानका क्रममा सो घटना पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणी नदिको छेउ ठांडीघाट ५ नं. ठोक्कर नदिको छेउमा भएकाे खुल्न आएकाे छ।
सुस्ता गाउँपालिका वडा नम्बर ५ बेलवानी बस्ने ३३ वर्षिय राज कुमार सारु मगरले उक्त  नदिको छेउमा पुष १३ गते  दिउँसो अन्दाजी साढे ४ कुकरकाे बच्चा र माउलाई निर्दयतापुर्बक मारेकाे  र साेहिँ ठाउँका  २८ वर्षिय अमन कुमार चिडी मगरले भिडियो बनाई आफ्नो सामाजिक संजाल फेसबुक आईडीबाट पोष्ट गरेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जनाएकाे छ  ।
मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरको उलंघन देखिदा सो कसुरमा संलग्न निज ब्यक्तिहरुलाई आज बुधबार  आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिई जिल्ला अदालत परासीबाट ७ दिनकाे म्याद थप गरि इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान भइरहेकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।




Ads