पुष १५, नवलपरासी । श्री तिलकाना वचत तथा ऋण सहकारी संस्था लि. सुनवल ६, तिलकाना पश्चिम नवलपरासीको ११ ओै वार्षिक साधारणसभा आज साेमवार सम्पन्न भएकाे छ ।
संस्थाकाे अध्यक्ष विष्णु राेकाकाे अध्यक्षता तथा वडा नम्बर ६ का वडा अध्यक्ष हेमलाल शर्मा चापागाईंकाे प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएकाे हाे ।
साधारणसभामा अध्यक्षकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकाे अध्यक्ष राेकाले सहकारीहरूमा देखिएको बेथितिका बिचमा रहेकाे आर्थिक मन्दीकाे प्रभावबाट जाेगिन सबै सदस्यहरूलाई अनावश्यक खर्च नगर्न आग्रह गर्नुभयाे ।
उहाँले अनुत्पादक क्षेत्रमा पटक्कै लगानी नगर्न र बचतलाई निरन्तरता दिन सुझाव दिनुभयाे । सचिवकाे प्रतिवेदन प्रस्तुत गर्दै सचिव माया पुनले संस्थाकाे सेयर पूँजी ८ लाख ५५ हजार ८ सय ५०, निक्षेप पूँजी ६७ लाख ५१ हजार ९ सय ९६ र संस्थाकाे कुल पूँजी ८७ लाख ७७ हजार ४ सय ९२ रहेकाे जानकारी दिनुभयाे ।
त्यसैगरी काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दै काेषाध्यक्ष जमुना परियारले हालसम्म महिला ९० जना र पुरूष ५० गरि कुल १ सय ४० सेयर सदस्य रहेकाे संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा रू. १ लाख ९९ हजार ७ सय ४६ शुद्व नाफा गर्न सफल भएकाे बताउनुभयाे ।
कार्यक्रममा लेखा संयाेजक सरस्वती मल्लले लेखा सुपरिवेक्षण समितिकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । साेहि क्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि हेमलाल शर्मा चापागाईंले सहकारी संस्थाले निक्षेप र ऋण लगानीबाट माथि उठेर आफ्ना सेयर सदस्यकाे गरिबी निवारणमा टेवा पुर्याउन विशेष कार्यक्रमहरू ल्याउनुपर्नेमा जाेड दिनुभयाे ।
संस्थाका संचालक र कर्मचारीहरू आर्थिक काराेबारमा सेयर सदस्यप्रति पारदर्शी र जवाफदेही हुनुपर्ने भन्दै वडा अध्यक्ष चापागाईंले उपस्थित सेयर सदस्यलाई साधारणसभामा आफ्ना कुराहरू खुलेर राख्न र जवाफ माग्न आग्रह गर्नुभयाे ।
संस्थाकाे सचिव माया पुनकाे संचालन रहेकाे कार्यक्रममा कार्यक्रममा सेयर सदस्यका उत्कृष्ट विद्यार्थीलाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे भने जनता सम्झाैता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डाेलराज भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।