ताजा अपडेटः

ल्हाेसारकाे उपलक्ष्यमा भएकाे सांस्कृतिक नृत्य प्रतियोगितामा काेशेली कला केन्द्र विजयी

कल्पना खरेल
ल्हाेसारकाे उपलक्ष्यमा भएकाे सांस्कृतिक नृत्य प्रतियोगितामा काेशेली कला केन्द्र विजयी प्रकाशित मिति: १४ पुष २०८१, आईतवार २०:२६

पुस १४, नवलपरासी । तमुहरूकाे महान धार्मिक चाड सप्री ल्हाेसारकाे उपलक्ष्यमा आज सनिवार भएकाे सांस्कृतिक नृत्य प्रतियोगितामा काेशेली कला केन्द्र प्रगतिटाेल विजयी भएकाे छ।
बनकट्टि वाैद्व गुम्बा समितिका अध्यक्ष राम प्रसाद गुरूङकाे अध्यक्षता तथा सुनवल नगर प्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा  बनकट्टि ५ गुम्बा परिसरमा भएकाे सांस्कृतिक नृत्य प्रतियोगितामा काेशेली कला केन्द्र प्रगतिटाेल विजयी भएकाे हाे ।
त्यसैगरी साहारा क्लब सुनवल द्वितीय , नेपाल तमु गुरूङ विद्यार्थी छाेंज धीं, नवलपरासी तृतीय र द स्पाइन बाेर्डिङ स्कुल सान्त्वना भएका छन् ।
गरूड वर्गलाई विदाई र सर्प वर्गलाई स्वागत गर्दै वनकट्टि गुम्बा परिवारले आयाेजना गरेका सय सांस्कृतिक नृत्य प्रतियोगितामा १६ टिमकाे सहभागीता रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले नेपाल विभिन्न जात, धर्म ,भाषा, संस्कृतिकाे फुलवारी रहेकाे भन्दै एकताबद्ध भएर विकास क्रममा लाग्न सबैलाई आग्रह गर्नुभयाे । चुनावमा कुनै एक पार्टीको झण्डा लिएर विजयी भएपनि स्थानीय सरकार कुनै व्यक्ति र पार्टीको मात्र नभई सिंगो सुनवलबासीकाे रहेकाेले कुनैपनि विभेद रहित आवश्यकतालाई हेरेर समान दृष्टिकोणले अगाडि बढेकाे उहाँको भनाइ छ ।
नगरप्रमुख अर्यालले गुम्बा समितिले राखेकाे आवश्यक मागलाई स्थानीय सरकाले संवाेधन गर्ने नसकेमा प्रदेश र केन्द्र सगँ सहयाेग माग्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयाे ।
इच्छा बहादुर गुरूङकाे स्वागत र गुरूङ राष्ट्रिय महिला परिषद जिल्ला अध्यक्ष सीता गुरूङकाे संचालन रहेकाे कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्धक रन्जन राज गुरूङ, गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य मिलन तमु, सुकुम्बासी आयाेगकाे जिल्ला सदस्य भविश्वर तिवारी , कार्यपालिका सदस्य जुठिमाया पुन ,हर्दिया बनकट्टि ईकाइका अध्यक्ष लिलाराम तमू,शुभलक्ष्मि बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्ष गंगा तमू,लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा तमुहरूकाे जेष्ठ नागरिकलाई सम्मान समेत गरिएकाे थियाे भने सांस्कृतिक नृत्य प्रतियोगिताकाे संयाेजक बखत बहादुर गुरूङले गर्नुभएकाे थियाे ।




Ads