ताजा अपडेटः

प्रथम जेनीथ कप फुटबल प्रतियोगिता यहीँ पुष १७ गतेदेखि किर्तिपुर ३ खेलमैदानमा 

कल्पना खरेल
प्रथम जेनीथ कप फुटबल प्रतियोगिता यहीँ पुष १७ गतेदेखि किर्तिपुर ३ खेलमैदानमा  प्रकाशित मिति: १४ पुष २०८१, आईतवार १९:३०

पुष १४, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा यहीँ  पु १७ गतेदेखि माघ ३ गतेसम्म प्रथम जेनीथ कप खुल्ला नकआउटका  फुटवल प्रतियोगिता हुने भएको छ । आज आइतबार पत्रकार सम्मेलनकाे आयाेजना गरि जेनीथ युथ क्लव किर्तिपुरले  सुनवल नगरपालिका-३ कीर्तिपुर खेलमैदानमा  प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिएकाे हो ।
कुल १६ टिमकाे सहभागीता रहने नकआउट फुटवल प्रतियोगितामा जिल्ला बाहिरका ४ टीम सहभागी हुनेछन् । भने अन्य जिल्ला भित्रकै  टिम प्रतिस्पर्धामा उत्रने क्लबका अध्यक्ष निकेश गुरुङ्गले जानकारी दिनुभयो ।
सबैभन्दा वढि पुरस्कार राशी रहेकाे याे प्रतियोगितामा  विजयी टीमलाई नगद रु १ लाख १ हजार १ सय ११ र उपविजेता टीमलाई ५५ हजार ५ सय ५५ सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान आयोजक क्लबले जनाएको छ ।
त्यसैगरी खेलमा म्यान अफ द म्याच घाेषित खेलाडीलाई नदग रू १ हजार ५ सय, उत्कृष्ट खेलाडी रू ५ हजार, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गाेलकर्ता र उत्कृष्ट गाेल किपरलाई रू.४ हजारकाे दरले  नगद पुरस्कार प्रदान गरिने क्लबका पुर्व अध्यक्ष रविन भट्टराईले जानकारी दिनुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला फुटवल संघका कार्यबाहक अध्यक्ष ज्ञानु गुरूङले यूवाहरूलाई  लागुओैषध दुव्र्यसनी तथा विभिन्न कुलतबाट जाेगाई स्थानीय क्षेत्रमा संक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य सहित नकआउटका फुटबल प्रतियोगिताकाे आयाेजना गरिएकाे जानकारी दिनुभयाे ।
करिब ६-७ लाख लाग्ने अनुमान गरिएकाे यस खेलमा सुनवल नगरपालिका, केही उद्योगी व्यापारी लगायत देशविदेशमा रहने शभचिन्तककाे आर्थिक सहयाेग रहने क्लबका सल्लाहकार बलबहादुर थापाले जानकारी दिनुभयाे ।




Ads