पुष १२, नवलपरासी । २६०८ औ तमु ल्होसार २०८१ आज शुक्रबार शुभकामना आदान प्रादन गरि तमु प्रतिष्ठान सभाहल सुनवल ४ हिलपार्कमा सम्पन्न भएकाे छ ।
तमु ह्युल छोज धीका जिल्ला अध्यक्ष उदिम तमूको अध्यक्षता तथा पुर्व मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतकाे प्रमुख आतिथ्यतामा गरूड वर्गलाई विदाई र सर्प वर्गलाई स्वागत गरिएकाे हाे ।
तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद , तमु ह्युल छोज धी गुरुङ महिला परिषद र नेपाल तमु गुरुङ विद्यार्थी छोज धी जिल्ला कार्यसमितिले संयुक्त आयाेजनामा उक्त कार्यक्रम आयाेजना गरिएकाे हो।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रदेश सांसद खड्क बस्नेतले तमु समाज प्रकृति पुजक भएकाे भन्दै हालसम्म समुदायमा इमान्दारीता र एकताकाे प्रतिकका रूपमा उदाहरण बन्दै आएकाे बताउनुभयाे ।
उहाँले आफ्नाे भाषा संस्कृतिकाे जगेर्ना र संरक्षण गर्न गुरूङ समुदाय एकजुट हुनु राम्रो भएकाे तर जातीय नाममा कसैकाे प्रयाेग नहुन आग्रह गर्नुभयाे ।
गुरुङ समुदायकाे धार्मिक संस्था र सामाजिक संस्था दुवैमा वजेटकाे व्यवस्था गरेकाे र त्यसकाे कार्यन्वयनका लागि आफु निरन्तर लागि परेको उल्लेख गर्नुभयाे । यसैक्रममा सांसद बस्नेतले हिलपार्कमा रहेकाे बुद्धको मुर्ति निर्माणमा ५० लाख बजेट छुट्टाएकाे समेत जानकारी दिनुभयाे ।
त्यसैगरी बाेल्दै निवर्तमान नगरप्रमुख भिम बहादुर थापाले हरेक कालखण्डकाे परिवर्तनमा गुरूङ समुदायले आफ्नाे संस्कार र संस्कृतिकाे सदैव जगेर्ना गरेकाे बताउनुभयाे ।
विभिन्न थरीका फुलले बगैंचा सुन्दर भएझै , विभिन्न जातजाति भषा,धर्म ,संस्कृति देशकाे गहना भएकाे भन्दै , एकताका साथ समाज रूपान्तरणमा लाग्न आग्रह गर्नुभयाे ।
उता तमु ह्युल छाेज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य मिलन गुरुङले गुरूङ समुदायले भेषभुषा,भाषा र संस्कृतिकाे संरक्षण गरि पुस्ता हस्तान्तरण गर्न नसके ५० बर्षपछि अस्तित्वनै हराएर जान सक्ने हुदा त्यसतर्फ सचेत रहन सुझाब दिनुभयाे ।
यसैबीच वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले गुरूङहरू इमान्दार ,मेहनी र मिलनसार समुदाय भएकाे भन्दै आफ्नाे सहकार्य सदैव रहने धारणा राख्नुभयाे ।
त्यसैगरी वर्तमानमा युवा र आउने पिडिहरुले आफनो संस्कृति जोगाउनु पर्ने उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्ये ल्हु संघ केन्द्रिय उपाध्यक्ष देबि बहादुर गुरुङले गुरुङको धर्म सस्कार सकृतिलाई अगाडि बढाउने सस्था भएको बताउनुभयो।
जिल्ला सचिब खड्ग तमूकाे संचालन र तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद जिल्ला उपाध्यक्ष उमा तमूस्योकाे स्वागत रहेकाे कार्यक्रममा तमु ह्यूल छोध धी गुरुङ महिला राष्ट्रिय उपाध्यक्ष टिचन गुरुङ, वडा नम्बर १ का वडाध्यक्ष मन बहादुर थापा, किर्तिपुर इकाई अध्यक्ष राम बहादुर तमु , सुनवल नगर अध्यक्ष जङ्ग बहादुर तमु,नेपाल मगर संघ सुनवल नगर अध्यक्ष चन्द्र बहादुर गाहा, लौ माया तमुस्यो,नेपाल तमू विद्यार्थी छोज धी जिल्ला अध्यक्ष सोम तमू , सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य लगायत शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।