पुष १२, नवलपरासी । वाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाकाे आयाेजनामा उपभोक्ता सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यालय प्रमुख उर्मिला गाेभाजुकाे अध्यक्षता तथा सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा आज शुक्रबार उक्त उपभोक्ता सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
उक्त कार्यक्रममा प्रस्तुतिकरण गर्दै वाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाकाे शाखा अधिकृत लक्ष्मी शर्माले नेपालमा उपभोक्ता संरक्षण सम्बन्धि कानूनी व्यवस्था उपभोक्ता संरक्षण ऐन २०७५, उपभोक्ता संरक्षण नियमावली ,२०७६, बजार अनुगमन टाेलीकाे आचारसंहिता २०७७ र बजार अनुगमन निर्देशिका २०७९ का विषयमा जानकारी गराउनुभएकाे थियाे ।
उपभोक्ता अधिकार र मानव अधिकारबीच सम्बन्ध , अर्थतन्त्र र उपभोक्ता हित संरक्षण , उपभोक्ता अधिकार , गुणस्तरहीन वस्तु, उत्पादन , त्रुटिपूर्ण उत्पादन , लेबलमा उल्लेख गर्नुपर्ने कुराहरू, उत्पादककाे दायित्व ,पैठारीकर्ताकाे दायित्व ,ढुवानीकर्ताकाे दायित्व ,बिक्रेताको दायित्व ,संचयकर्ताकाे दायित्व ,सेवा प्रदायककाे दायित्व लगायतका विषयमा सचेतना गराइएकाे थियाे ।
कार्यक्रममा गुणस्तरहिन सामाग्रीकाे उत्पादन ,बिक्रीवितरण गरेकाे पाइएमा हुने कसुर र दण्ड सजाय ,क्षतिपूर्ति सम्बन्धी व्यवस्थाका विषयमा सहभागी जनप्रतिनिधि , उद्योगी ,व्यापारी, उद्यमी ,व्यवसायी , उपभोक्तालाई सचेत गराइएकाे थियाे ।
साेहि क्रममा बाेल्दै नगरप्रमुख विमला अर्यालले स्थानीय सरकार र जनप्रतिनिधिले मात्र समस्या समाधान गर्न नसक्ने भन्दै आ-आफ्नाे क्षेत्रबाट हरेक व्यक्ति उत्तरदायी हुन आग्रह गर्नुभयाे ।
” हरेक व्यक्ति उपभोक्ता हाे, मानव स्वास्थ्यप्रति जिम्मेवार हुनु हरेक नागरीककाे कर्तव्य भएकाे बताउदै नगरप्रमुख अर्यालले समन्वय र सहकार्यबाटै समस्याकाे समाधान सम्भव भएकाे उल्लेख गर्नुभयाे ।
शाखा अधिकृत लक्ष्मी शर्माकाे संचालन र नायक सुब्बा खेमराज पन्थीकाे स्वागत रहेकाे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पाैडेल, वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा मगर, वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी,वडा नम्बर ६ का वडा अध्यक्ष हेमलाल शर्मा चापागाईं , वडा नम्बर १० का वडा अध्यक्ष डिल बहादुर थापा , कार्यपालिका सदस्य, सीता भण्डारी,सीता तिमल्सिना , जुठिमाया गुरूङ लगाएतकाे उपस्थिति रहेकाे थियाे ।