पुष ४, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल १२ स्थित जगन्नाथ माविले ६४ औं वार्षिकोत्सव र अभिभावक भेला विभिन्न कार्यक्रम सहित मनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर क्षेत्रीकाे अध्यक्षता तथा सुनवल नगरपालिकाकाे नगरप्रमुअ विमला अर्यालकाे प्रमुख आतिथ्यता उक्त वार्षिकोत्सब र अभिभावक भेला सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले सुनवललाई शैक्षिक हवका रूपमा स्थापित गर्न स्थानीय सरकार लागि परेकाे बताउनुभयाे ।
आफ्नाे कार्यकालमा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ३ सम्म नि:शुल्क शिक्षा संचालनमा आएको भन्दै भाैतिक रूपमा व्यवस्थित बनेका सामुदायिक विद्यालयहरू अरू शैक्षिक रूपमा पनि उतिनै गुणस्तरीय हुनु जरूरी रहेकाे उल्लेख गर्नुभयाे ।
विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर राहादीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका शैक्षिक र प्राविधिक प्रगति र आगामी योजनाबारे जानकारी दिनुभयाे ।
बालमेैत्री शिक्षालाई अबलम्बन गरी अध्ययन अध्यापन गराउदै आइरहेकाे र प्राविधिक धारमा रहेर कम्युटर इन्जिनियरिङ्ग र बालविज्ञानका विषयहरूलाई अध्यापन गर्ने तयारि रहेको बताउनुभयाे ।
१५ सय ९ विद्यार्थी र ७२ शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालयमा हाल बाल बिकास देखि कक्षा १२ सम्म संचालनमा रहेकाे छ।
शिक्षिका बिनिता अधिकारीले संचालन र कार्यक्रम सहायक प्रधानाध्यापक तुलबहादुर घिमिरे र विद्यार्थी आरुशी खरालको स्वागत रहेकाे कार्यक्रममा विभिन्न विद्याका उत्कृष्ट विद्यार्थी र अभिभावकलाई पुरस्कार र छात्रवृत्ति वितरण गरिनुकाे साथै, शिक्षण कार्यमा लामाे समय बिताउनुभएका शिक्षक र कर्मचारीलाई सम्मानित समेत गरिएको थियो ।
कार्यक्रममा बाेल्दै पुर्व विद्यार्थी र प्रतापपुर गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन चौधरी, शिक्षा शाखा प्रमुख पशुपति भट्टराई, समाजसेवी डोलराज भण्डारी,अडिक बिक र विद्यालय व्यवस्थापन समिति लुम्बिनी प्रदेश उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले व्यवहारीक र सीप सहितकाे शिक्षालाई आत्मसात गरि अगाडि बढ्न सुझाव दिदेै विद्यालयको शैक्षिक प्रगतिकाे शुभकामना व्यक्त गर्नुभयाे ।