पुस ३, नवलपरासी । लुम्बिनी सुनवल साकोस, सुनवल १२ पश्चिम नवलपरासीको २७ औं वार्षिक साधारणसभाबाट निर्वाचित संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई आज बुधबार पदभार तथा सपत ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ ।
निर्वाचन समितिका संयाेजक चण्डिप्रसाद पाण्डेकाे अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष दधिराम अर्यालकाे प्रमुख आतिथ्यतामा उक्त पदभार तथा सपत ग्रहण कार्यक्रम सम्पन्न भएकाे हाे ।
मंसिर २० गते संस्थाकाे २७ ओै वार्षिक साधारणसभाले लेखनाथ खरेलकाे अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय संचालक समिति चयन गरेकाे थियाे । जसकाे उपाध्यक्षमा द्वय उमाकान्त उपाध्याय र हरि प्रसाद तिवारी , सचिवमा तारा आचार्य , काेषाध्यक्षमा तिर्थराज उपाध्याय रहनुभएकाे छ ।
त्यस्तै सदस्यहरूमा जमुनादेवी भुषाल, बेद प्रसाद पाण्डे, कल्पना अधिकारी , टिकाराम अधिकारी , कर्णबहादुर सेन ठकुरी , रामकान्त अर्याल, पुष्पा गुरूङ, खेमकान्त भट्टराई र बसन्त राज दाहाल चयन हुनुभएकाे छ ।
यसैगरी रामचन्द्र पाैडेलकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा सुपेरिवेक्षण समिति समेत चयन गरेकाे थियाे । जसकाे सदस्यहरूमा दुर्गा नारायण सुवेदी र कल्पना भुषाल भुसाल रहनुभएकाे छ ।
निर्वाचन समितिका सदस्य बन्धुराज पाैडेलकाे संचालक र डिल्लिराम पाण्डेकाे स्वागत रहेकाे कार्यक्रममा सुनवल नगर प्रवक्ता कृष्णप्रसाद वगाले , संस्थापक अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि दधिराम अर्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।