ताजा अपडेटः

जिसन नवलपरासीद्वारा आयाेजित नृत्यतर्फ फ्यूचर लाइफ  र गायनतर्फ मार्टस्  स्कुल विजयी

कल्पना खरेल
जिसन नवलपरासीद्वारा आयाेजित नृत्यतर्फ फ्यूचर लाइफ  र गायनतर्फ मार्टस्  स्कुल विजयी प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार ०५:५६

मंसिर २८ , नवलपरासी ।  निजी तथा आवासीय विद्यालयहरुको संगठन शैक्षिक ऐक्वद्धताको समूह नेपाल (जिसन ) नवलपरासीद्वारा शुक्रबार नृत्य तथा गायन प्रतियोगिता २०८१  सम्पन्न भएकाे छ ।
जिसन नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरूङकाे अध्यक्षता तथा प्याव्सनका केन्द्रीय सचिव सुवर्ण न्याैपानेकाे प्रमख आतिथ्यतामा उक्त नृत्य तथा गायन प्रतियोगिता २०८१  सम्पन्न भएकाे हाे ।
प्रतियोगिता अन्तर्गत नृत्य प्रतियोगितामा जिसनमा आवद्व १७ विद्यालयकाे कडा प्रतिस्पर्धा रहेकाे थियाे भने गायन तर्फ १३ विद्यालयका विद्यार्थीकाे सहभागीता रहेकाे थियाे ।
जस अन्तर्गत नृत्य प्रतियोगिता तर्फ  फ्यूचर लाइफ ईङ्लिस बाेर्डिङ स्कुल प्रथम हुन सफल भयाे । त्यस्तै विभिन्न विधामा छुट्याइएको नृत्यतर्फ उत्कृष्ट नाैलाेपनमा द पाएनियर इङ्लिस बाेर्डिङ स्कुल बन्न सफल भयाे ।
उत्कृष्ट भेषभुषामा श्री अन्नपूर्ण बाेर्डिङ स्कुल र लुम्बिनी सामुदायिक विद्यालय विजयी भएकाे छ  । उत्कृष्ट काेरियाेग्राफिमा माटस् मेमाेरियल इङ्लिस एकेडेमी र सुनवल लाेटर्स इङ्लिस बाेर्डिङ स्कुल बन्न सफल भयाे ।
त्यसैगरी उत्कृष्ट प्रस्तुतिमा सुनवल यूनाइटेड इङ्लिस बाेेर्डिङ स्कुल र हुइस्डम इङ्लिस बाेर्डिङ स्कुल विजयी भएकाे छ ।
भने राेजाइमा सिस्किन इङ्लिस बाेर्डिङ स्कुल विजयी भएकाे छ
त्यसैगरी गायन तर्फ मार्टस् मेमोरियल इङ्लिस बाेर्डिङ स्कुलकी छात्रात्रा गुरास पुन प्रथम भएकि छिन । द पाएनियन इङ्लिस बाेर्डिङ स्कुलका छात्र सचिन शर्मा  र तृतीयमा माउन्ट एभरेष्ट इङ्लिस बाेर्डिङ स्कुलका छात्र आशुतोष अधिकारी बन्न सफल भए ।
विद्यार्थीमा संस्कार संस्कृति सहितकाे अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराई समाजमा आफ्नाे क्षमता सगँ बाच्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य सहित जिसन नवलपरासीले हरेक वर्ष नृत्य तथा गायन प्रतियोगिता संचालन गर्दै आएकाे छ । जस अन्तर्गत याे  प्रतियोगिता सिजन ११ रहेकाे छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ गायक एवं सर्जक शिव हमालकाे संयाेजकमा ४ जनाकाे निर्णायक मण्डल रहेकाे थियाे थियाे ,जसमा राष्ट्रि‌य लोक तथा दाेहाेरी गीत प्रतिष्ठान‌का केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश कार्य समितिका निवर्तमान अध्यक्ष डिल्ली नारायण पाण्डे, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान रुपन्देहीका वरिष्ठ उपाध्यक्षा रितु थापा,राष्ट्रिय लाेक तथा राष्ट्रिय दाेहाेरी गित  नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुन्दर गुरूङ रहनुभएकाे थियाे ।

यज्ञ प्रसाद न्याैपाने र प्रदिप अर्यालकाे संचालन जिसन नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरूङकाे स्वागत रहेकाे कार्यक्रमका प्रमख अतिथि प्याव्सनका केन्द्रीय सचिव सुवर्ण न्याैपाने, वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा,सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य ,  जिसनका प्रमुख सल्लाहकार सन्ताेष कुमार राैनियार लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads