ताजा अपडेटः

सुनवलमा बालबालिकाकाे पाेषण अवस्था लेखाजाेखा कार्यक्रम शुभारम्भ

कल्पना खरेल
सुनवलमा बालबालिकाकाे पाेषण अवस्था लेखाजाेखा कार्यक्रम शुभारम्भ प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार ०९:०८

मंसिर २५, नवलपरासी । पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका वडा नम्बर १ मा ६ देखि ५९ महिनाका बालबालिकाकाे पाेषण अवस्था लेखाजाेखा कार्यक्रम शुभारम्भ गरिएकाे छ ।
पाेषण मार्फत जीवन रूपान्तरण परियाेजना अन्तर्गत सुनवल नगरपालिका सगँ समन्वय गरी बेस नेपालले आज मंगलबारदेखि बालबालिकाकाे पाेषण अवस्था लेखाजोखा कार्यक्रम शुभाम्भ गरेकाे हाे ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले सुनवल नगरपालिकालाई यसै बर्ष पाेषणमैत्री नगरपालिका घाेषणा गर्ने अभियानमा रहेकाेले यस वडा अन्तर्रगत रहेका ८ वटा टाेलकाे प्रत्येक घरधुरीमा पुगी बच्चाकाे कुपोषण चेक गर्न आग्रह गर्नुभयाे ।
मुवाब टेप माफर्त बच्चाकाे पाेषण अवस्था पत्ता लगाउन सकिने हुदा राताे देखिएमा कडा सिघ्र कुपोषण, पहाेलाे देखिएमा मध्य सिघ्र कुपोषण हुने र हरियाे देखिएमा बच्चाकाे पाेषणयुक्त अवस्था रहने बेस नेपालका वित्त संयाेजक शिव खरालले जानकारी दिनुभयाे ।
लुम्बिनी प्रदेशममा कुपाेषणकाे अवस्था अन्य प्रदेश भन्दा बढि रहेकाेले त्यसकाे न्यूनिकरणकाे लागि याे अभियान गत सालबाट संचालनमा आएकाे हाे ।
महिला स्वयंसेविका र स्वास्थ कार्यालयसगँ मिलेर दुई महिना भित्र जिल्लाका सम्पूर्ण बालबालिकाकाे कुपाेषण अवस्था जाँच गरेर सक्ने बेस नेपालले जनाएकाे छ ।




Ads