मंसिर १६, नवलपरासी । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् नवलपरासीको आठौं अधिवेशनले उदिम तमुकाे अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ ।
जिल्ला अध्यक्ष इन्द्र बहादुर गुरूङकाे अध्यक्ष तथा तमू ह्युल छोंज धीं बाग्मती प्रदेश प्रमुख गणेश तमुकाे प्रमुख आतिथ्यतामा आज आइतबार सम्पन्न उक्त अधिवेशनले नयाँ कार्य समिति चयन गरेकाे हाे ।
जसकाे वरिष्ठ उपाध्यक्ष जनसरी तमुस्यो, उपाध्यक्षमा गम बहादुर तमु , सचिवमा खडक बहादुर तमु, कोषाध्यक्षमा सृष्टि तमुस्यो, संगठन सचिवमा देव बहादर तमु, प्रचार सचिवमा राजु तमु र सह कोषाध्यक्षमा गौ माया तमुस्यो चयन हनुभएकाे छ ।
त्यस्तै सदस्यहरूमा डम्बर बहादुर तमु , आशा तमुस्यो, धन माया तमुस्यो , खुबी तमुस्यो, नन्द प्रसाद तमू , शिव तमू,सपना तमुस्यो र डम्मर तमू चयन हुनुभएकाे छ ।
अधिबेशनमा बाेल्दै तमू ह्युल छोंज धीं बाग्मती प्रदेश प्रमुख गणेश बहादुर तमूले नविनतम साेचका साथ सहमति, समझदारी र मेलमिलाप सहित अगाडि बढ्न नेतृत्वलाई सुझाब दिनुभयाे ।
उहाँले गुरूङ समुदायकाे पहिचान भनेकै भाषा, संस्कृति र इमानदारीता रहेकाेले यसलाई कायम राख्दै पुस्ता हस्तान्तरणमा जाेड दिन सके गुरूङ समुदाय अस्तित्व रहन सक्ने भन्दै त्यसतर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभयाे ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् नवलपरासीका संगठन सचिव ईच्छा तमूकाे संचालन र संस्थाका वरिष्ठ उपाध्यक्ष जसरी तमूकाे स्वागत रहेकाे कार्यक्रममा खेमा लिपि तथा तमू भाषा अभियन्ता भीम तमू, लुम्बिनी प्रदेश अध्यक्ष खुम बहादुर तमू ,तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् नवलपुरका अध्यक्ष जगत काजी तमू, तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद्का केन्द्रिय अध्यक्ष टिचन तमू, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम बहादुर तमू ,तमू प्ये ल्हु संघ नवलपरासीका अध्यक्ष वीर बहादुर तमू लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।