मंसिर ३, नवलपरासी । धार्मिक पर्यटकिय क्षेत्र विकास एवं अक्षयकोष स्थापनार्थ पश्चिम नवलपरासीकाे सुनवल ६, विशासयमा श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ सुरू भएकाे छ ।
जेष्ठ नागरिक कुलप्रसाद पौडेलको अध्यक्षता तथा पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधानको प्रमुख आतिथ्यतामा उक्त महायज्ञकाे समुदघाट्न गरिएकाे हाे ।
समुदघाट्न पश्चात् बाेल्दै प्रतिनिधि सभा सदस्य प्रधानले जिल्ला भित्र रहेका यस्ता धार्मिक स्थलहरूको बिकास र प्रवद्वनका लागि एउटा गुरुयोजना बनाएरै अगाडी बढ्नुपर्ने बताउदै आफुले सक्दाे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लुम्बिनी पेट्रोल पमबाट सुरु भएकाे कलशयात्रामा सुनवल नगरपालिका भित्र र बाहिरका गरि सैयाैकाे उपस्थिति रहेकाे थियाे ।
महायज्ञमा लुम्बिनी प्रदेश सदस्य एवं पुर्व मन्त्री खड्ग बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव , सुनवल नगरपालिकाकाे नगरप्रमुख बिमला अर्याल, नगर उपप्रमुख सुर्य प्रसाद दुवे लगायतकाे उपस्थिति रहेको थियो ।
महायज्ञ मुल समितीका सचिव बिष्णु पाण्डेकाे संचालन र सुनवल नगरपालिका वडा न ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाईंकाे स्वागत रहेकाे कार्यक्रम मंसिर ११ गते सम्म संचालन हुने महायज्ञ मुल समितिकाे संयाेजक सीता तिमल्सिनाले जानकारी दिनुभएकाे छ ।