ताजा अपडेटः

विशासय सामुदायिक वनकाे १८ औं बार्षिक साधारण सभा सम्पन्न

कल्पना खरेल
विशासय सामुदायिक वनकाे १८ औं बार्षिक साधारण सभा सम्पन्न प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार २१:२४

मंसिर १, नवलपरासी । विशासय सामुदायिक वन उपभोक्ता समुह, सुनवल ६ पश्चिम नवलपरासीकाे १८ औं बार्षिक साधारण सभा आज सनिवार सम्पन्न भएको छ । वनका अध्यक्ष गंगा प्रसाद घिमिरेको अध्यक्षता एंव लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण कलवारको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलवारले वन, कृषि र किसानलाई जोडी हरेक किसानकाे आलिमा समेत वृक्षारोपण गर्ने  आफ्नाे याेजना रहेकाे बताउनुभयाे । उहाँले  सामुदायिक वनका घाट गद्दीमा रहेका काठहरु कुहिएर गएको बाध्यतात्मक परिस्थितिकाे अत्य गर्दै हरेक उपभोक्ताले  काठ लिलामी किन्न सक्ने व्यवस्थापन गर्न मन्त्रालयमा पहल गरिरहेकाे जानकारी दिनुभयाे ।
मन्त्री कलवारले सामुदायिक वनको स्वामित्वमा रहेको खाली जमिन तारबार र तटबन्ध देखि गरिबी निवारणका कामसम्म   आवश्यक  पर्ने व्यक्तिगत साथ र सहयाेगका सदैब रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
उता पुर्व मन्त्री एवं लुम्बिनी प्रदेश सांसद खड्ग बस्नेतले वनले उपभोक्ताकाे  जीवन, व्यवहार र समुदायलाई लक्ष्यित गरि लगाडि बढ्नुपर्ने बताउनुभयाे । वनकाे सरंक्षण, सम्बर्द्धन र प्रवद्वनमा हरेक व्यक्ति लाग्नुपर्ने भन्दै सांसद बस्नेतले हरेक व्यक्ति नीति र बिधिमा चल्नुपर्ने बताउनुभयाे ।
गरिबी निवारणमा जाेड दिदै आफ्नाे उपभोक्तालाई आत्मनिर्भर बनाउने दायित्व पनि वनकै भएकाेले त्यसतर्फ पनि गंभिर हुन उहाँले सबेैकाे ध्यानाकर्षण गराउनुभयाे ।
कार्यक्रममा अध्यक्ष गंगा प्रसाद घिमिरले  वनले आफ्नाे स्राेत र साधनले भ्याएसम्म सामुदायिक विकासका विविध पक्षमा काम गरेकाे, वनकाे खुला क्षेत्रमा वृक्षारोपण गरिएकाे,अधुराे कार्यालय भवन निर्माणलाई पुर्णता दिने कार्य शुरू गरिएकाे, नदि कटान, डुबान,न्यूनीकरण एवं राेकथामका लागि तटबन्ध याेजना माग लगाएतका विविध बिषयमा कार्य गरेकाे जानकारी गराउनुभयाे । तथा आगामी कार्यक्रममा विपन्न अपङ्गता सहायता कार्यक्रम संचालन गर्ने, गरिब तथा विपन्न घरधुरी उपभोक्ताहरु दिर्घरोगी असहाय रोगबाट ग्रसित भएकालाई प्रमाणीकरणको आधारमा १० हजार सहयोग गर्ने साथै स्रोत र साधानले भ्याए सम्म स्वास्थ्य बिमा उपलब्ध गराउने , गरिब, विपन्न , आवास कार्यक्रम संचालन गर्ने, बाख्रापालनलाई खाेर निर्माणमा सहयाेग गर्ने , सिमसार क्षेत्रमा पाेखरी निर्माण गर्ने, लगाएतकाे याेजना रहेकाे  बताउनुभयाे ।
कार्यक्रममा काेषाध्यक्ष सीता कुँवरद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्ष २०८०/०८१  मा कुल  आम्दानी रू. १ करोड ३१ लाख ४२ हजार ३ सय ९६ रहेकाेमा चालू बर्षमा रू.९९ लाख ८० हजार आम्दानी गर्ने लक्ष्य राखिएको बताउनुभयाे ।
वि. स. २०५४ सालमा स्थापित यस वनले सुनवलकाे १,४ र ६ रामग्राम १,२ र ३ साथै पाल्हीनन्दन ३ समेटेकाे छ भने वनको कुल क्षेत्रफल ६१४.२९ हेक्टर रहेको  छ ।
वनका उपाध्यक्ष खगेस्वर भुषालको स्वागत र  सचिव मनरुपा पाठककाे संचालन रहेकाे कार्यक्रममा खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष  थान प्रसाद गैरे ,सामुदायिक वन जिल्ला महासंघ अध्यक्ष शारदा पोखरेल, सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा, वडा नं ६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाईं, सुनवल सव डिभिजन कार्यलय प्रमुख मरिचमान लामा, समाजसेवी झपेन्द्र खड्का, सुनवल प्रेस क्लबका अध्यक्ष  रमेश भुषाल,लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads