ताजा अपडेटः

सुनवल ज्यामिरेमा माईक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कल्पना खरेल
सुनवल ज्यामिरेमा माईक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार २२:०८

कल्पना खरेल

असाेज १९ नवलपरासी । पश्चिम नवलपरासीको सुनवल ७ ज्यामिरे चाेक स्थित पुर्व पश्चिम राजमार्गमा आज साझँ  साढे ५ बजे पश्चिम  नवलपरासी सुनवल ७ ज्यामिरे चोक स्थित पुर्व- पश्चिम राजमार्गमा माईक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ ।
बुटवलबाट बर्दघाट तर्फ जाँदै गरेको लु १ ख ८४५३ नं को माइक्रो बसले सोही दिशा तर्फ जादै गरेको लु ७९ प ९१४० नम्बरकाे माेटरसाइकललाई ठक्कर दिँदा रुपन्देही तिलोत्तमा न.पा.६ – १० नं टोल बस्ने बर्ष ३०- ३२ को ऋिषि लम्तरीकाे मृत्युु भएकाे हाे ।
दुर्घटनाबाट गम्भीर घाइते लम्तरीकाे उपचारको लागि भलुही मेडिकल कलेज रुपन्देही पठाएकोमा साझँ ६ :३५ बजे डाक्टरले मृत घोषणा गरेको थियाे । माेटरसाइकल  पछाडी सवार साेहि ठाउँ  बस्ने बर्ष २९ का बिवेक गुरुङको दुवै खुट्टा र अनुहारमा चोट लागेकाे र अवस्था मध्यम रहेकाे प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयाे ।
अहिले माइक्रोबस र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।




Ads