ताजा अपडेटः

सामुदायिक विद्यालय  सहासंघद्वारा सम्मान तथा शुभकामना आर्दान प्रदान कार्यक्रम

कल्पना खरेल
सामुदायिक विद्यालय  सहासंघद्वारा सम्मान तथा शुभकामना आर्दान प्रदान कार्यक्रम प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार २२:१६

कल्पना खरेल ।

असाेज १६, नवलपरासी  ।  सामुदायिक विद्यालय व्यवस्थापन समिति सहासंघ नेपाल सुनवल नगर समितिकाे आयाेजनामा सम्मान तथा शुभकामना आर्दान प्रदान कार्यक्रम आज बुधबार  सम्पन्न भएकाे छ ।
” हामी सुधार्छाै, हाम्रो विद्यालय ” भन्ने नारा सहित  विद्यालय व्यवस्थापन अध्यक्ष महासंघ सुनवल नगर समितिका अध्यक्ष ज्ञानहरि अर्यालकाे अध्यक्षता तथा सुनवल नगरपालिकाकाे नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नगरभित्रका ३५ सामुदायिक विद्यालय मध्ये  कक्षा १२, कक्षा १० र कक्षा ८ मा उत्कृष्ट नतिजा दिने केही विद्यालय र प्र.अ.लाई सम्मानपत्र र दाेसल्लाले सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले सम्मानित हुनु भनेकाे थप जिम्मेवारी थपिएको भन्दै अब सामुदायिक बिद्यालयहरू संख्यात्मक भन्दा गुणात्मक सुधार गरेर जानुपर्ने बताउनभयाे ।
उहाँले मानव संसाधनकाे विकासले मात्र दिगाे बिकास संभव रहेकाेले सुनवल नगरपालिकाले अन्य पालिका भन्दा शिक्षामा ठुलाे बजेट बिनियाेजन गर्दै आइरहेकाे जानकारी दिनुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै शिक्षा शाखा प्रमुख विष्णु गाेतामेले
सामुदायिक विद्यालय,विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष , शिक्षक र कर्मचारीकाे राजनीति गर्ने थलाे नभएकाे उल्लेख गर्नुभयाे । प्रत्येक बर्ष रिजल्टमा देखिने प्रतिफलमा सुधार आए मात्र विद्यालयकाे गुणस्तरमा बृद्वि हुने भन्दै गाेतामेले त्यसतर्फ सचेत हुन अध्यक्ष , प्र.अ. र शिक्षककाे ध्यानाकर्षण गराउनुभयाे ।
उता  विद्यालय व्यवस्थापन अध्यक्ष महासंघका प्रदेश उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले शिक्षा क्षेत्रमा लाग्ने शिक्षकलाई  शिक्षा पेशालाई मर्यादित गराउन स्थानीय सरकार , शिक्षा शाखाले  बेलाबेलमा सम्मान गर्नुपर्ने बताउनुभयाे । उहाँले  विद्यालयकाे प्र.अ र अध्यक्षले आ-आफ्नाे रचनात्मक भुमिका निर्वाह गरेमात्र सामुदायिक विद्यालयकाे दिगाे विकास संभव रहेकाे धारणा राख्नुभयाे ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति सहासंघ नेपाल सुनवल नगर समितिकाे सचिब दिपक रानाकाे संचालन र सदस्य तारा बहादुर बरालकाे स्वागत रहेकाे कार्यक्रममा विद्यालय व्यवस्थापन अध्यक्ष  महासंघका केन्द्रीय सदस्य राम बहादुर क्षेत्री , सामाजिक विकास समिति संयाेजक भगवती बस्याल, वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads