ताजा अपडेटः

प्रहरीद्वारा सुनवलमा सचेतना तथा नागरिक सुनुवाई कार्यक्रम

कल्पना खरेल
प्रहरीद्वारा सुनवलमा सचेतना तथा नागरिक सुनुवाई कार्यक्रम प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार २१:१६

कल्पना खरेल

असाेज १६, नवलपरासी ।  लागु औषध, साइबर अपराध , चोरी नियन्त्रण, आत्महत्या लगाएका विषयमा सचेतना कार्यक्रम र नागरिक सुनुवाई कार्यक्रम आज बुधबार सम्पन्न भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीको आयोजना र  सुनवल नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम  सुनवल नगरपालिकाको सभाहलमा सम्पन्न भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालकाे अध्यक्षता, सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यता र  प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठकाे विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रममा प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी  रेशम बाेहराले विषयबस्तुमाथि सहजिकरण गर्नुभएकाे थियाे ।
भने सहभागीले साेहि बिषयबस्तुमा रहेर आफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रममा  जनप्रतिनिधि, कर्मचारी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , राजनैतिक दल ,सामाजिक व्यक्तित्व, सरोकारवाला,  बाल क्लब ,आमा समुह,  विद्यार्थी तथा स्थानीय गरी  सयभन्दा  बढिकाे उपस्थिति रहेकाे थियाे ।




Ads