कल्पना खरेल
असाेज १५, नवलपरासी । बर्दघाट बजारदेखि जिल्लाकाे पूर्वी सीमाक्षेत्र दाउन्ने बजारसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण साधनहरु संचालनमा रोक लगाइएको छ ।
पूर्ण रूपमा क्षतविक्षत भएकाे सडक मर्मत गरी सहज रुपमा यातायात संचालन गर्ने भन्दै आज राति १० बजेदेखि भाेलि बिहान ५ बजेसम्मकाे लागि राजमार्ग बन्द गरिएकाे हाे ।
साे सडकखण्ड सडक डिभिजन संग समन्वय गरी चाईनिज कन्स्ट्रक्सन मार्फत गएरातिदेखि नै सुचारु गर्ने प्रयास स्वरूप बिहान ८:४५ बजेदेखि एकतर्फी बाटाे संचालनमा आएकाे थियाे ।
साेमबार अविरल वर्षाका कारण बर्दघाट ४ दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व-पश्चिम राजमार्गको सडकखण्डमा ‘रिटेनिङ्ग वाल’ भत्किएको, करिब ४ मिटर सडक भासिएकाे साथै विद्युत प्रसारणको ‘हाई टेन्सन टावर’ समेत ढलेको थियाे ।