ताजा अपडेटः

मूलपानी सामुदायिक वनकाे  ११ ओै वार्षिक साधारणसभा सम्पन्न

मूलपानी सामुदायिक वनकाे  ११ ओै वार्षिक साधारणसभा सम्पन्न प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार २०:२३

कल्पना खरेल ।
असाेज – १३ , नवलपरासी । मूलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवल-४, दामाेदरकुण्ड, पश्चिम नवलपरासीकाे ११ ओै वार्षिक साधारणसभा आज आइतबार सम्पन्न भएकाे छ ।
अध्यक्ष यज्ञप्रसाद पाण्डेकाे अध्यक्षता तथा निवर्तमान लुम्बिनी प्रदेशकाका उद्योग,पर्यटन तथा सहकारी मन्त्री एवं प्रदेश सभा सदस्य माननीय खड्क बस्नेतकाे प्रमुख आतिथ्यता एवं  सुनवल नगरपालिकाकाे नगरप्रमुख बिमला अर्यालकाे विशिष्ट अतिथितामा उक्त साधारणसभा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै बस्नेतले बनलाई घासँदाउरा काट्न र काठ बेचेर आयआर्जन गर्न मात्र प्रयाेग नगरि उपभोक्ताकाे जिवस्तर उकास्न, राेजगार सिर्जना गरि गरिबी न्यूनीकरण गर्न आग्रह गर्नुभयाे ।
उहाँले राज्यले मात्र बन सरंक्षण गर्न  संभव नभएकाेले , समुदायिक बनकाे अबधारणा ल्याएकाे भन्दै समुदायमा हस्तान्तरण भएपछि मात्र बन सरंक्षण र सम्बर्द्धन हुन सकेकाे धारणा राख्नुभयाे ।
सांसद बस्नेतले मूलपानी सामुदायिक बनलाई पर्यटनस्थलकै रूपमा विकाश गर्न प्रदेश सरकारबाट आफ्नाे कार्यकालमा बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
साेहि क्रममा बाेल्दै विशिष्ट अतिथि  नगरप्रमुख बिमला अर्यालले मूलपानी सामुदायिक बनले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक क्षेत्रमा समेत विभिन्न कामहरू गर्दै आएकाेमा खुसी व्यक्त गर्नुभयाे । उहाँले स्थानीय सरकारसगँ हातेमालो गरेर हिड्न आग्रह गर्दै उपभोक्ताकाे आयस्तर बृद्वि गर्ने लक्ष्य सहित सामुदायिक बनले ल्याएका कार्यक्रमकाे प्रशंसा गर्नुभयाे ।
कार्यक्रममा २०८०/८१ काे  वनले गरेका कामहरू सहितकाे अध्यक्षको प्रतिवेदन अध्यक्ष यज्ञप्रसाद पाण्डेले पेश गर्नुभएको थियो । लेखा संयोजक यमनारायण लम्सालले आर्थिक वर्ष २०८०/८१ मा २ करोड ५७ लाख १३ हजार आम्दानी रहेको र २ करोड ६१ लाख ६४ हजार खर्च भई ३४ लाख ६१ हजार बचत रहेको लेखा संयाेजककाे प्रतिवेदन पेश गर्नुभएको थियो ।
भने सचिव समीक्षा सिंजापतीले सचिवकाे प्रगति प्रतिबेदन र काेषाध्यक्ष अवधेश कुमार यादवले काेषाध्यक्षकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
संस्थाकाे उपाध्यक्ष प्रभुलाल माैर्यकाे स्वागतदर सचिव समिक्षा सिंजापतिकाे संचालन रहेकाे कार्यक्रममा नगरउपप्रमुख सुर्य प्रसाद दुवे, डिभिजन वन कार्यलय नवलपरासीका निमित्त प्रमुख मुसाफिर भगत, ईलाका वन कार्यलय सुनवलका मरिच कुमार लामा, ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेल,महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, विजयनगर सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन कार्की, वनका सल्लाहकार उमकान्ता उपाध्याय,  लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियाे।
कुल ३ सय २९ हेक्टर क्षेत्रफल र ६ सय २७  उपभोक्ता घरधुरी रहेकाे वनकाे कार्यक्षेत्र  सुनवल वडा नं ४,३,२,१ रामग्राम ४ र पाल्हीनन्दन १ नं वडा सम्म रहेको छ ।



Ads