ताजा अपडेटः

रास्ट्रपति पौडेल द्वारा सुस्ताको झुलेङ्गे पुलकाे उद्द्घाट्न

रास्ट्रपति पौडेल द्वारा सुस्ताको झुलेङ्गे पुलकाे उद्द्घाट्न प्रकाशित मिति: १० आश्विन २०८१, बिहीबार २०:१८

असाेज-१०, सुस्ता  । नारायणी नदि माथि निर्माण भएको सुस्ताकाु झुलेङ्गे पुल आज बिहिवार रास्ट्रपति रामचन्द्र पौडेलले उद्द्घाटन गर्नु भएको छ ।
सुस्ता गाउँपालिका स्थित सुस्ता ५ पकलिहवा स्थित सकरदिन्ही देखि नारायणी नदि पारी सुस्ता गाउँका स्थानीयबासीहरुलाई हिड्डुल गर्न सहज हुने उद्देश्यले निर्माण गरिएकाे पुलको  रास्ट्रपति पौडेलले उद्द्घाटन गर्नु भएको हो ।
उहाँले आर्थिक अभावका कारण हिनडुल गर्न सहज हाेस भनेर  झुलेङ्गे पुल निर्माण गरिदिएको भएपनि केही बर्षपछि माेटरगाडि चल्ने पुलकाे निर्माण गरिने आश्वासन समेत दिनुभयाे ।
रू २५ करोडको लागतमा त्रिशूली आश्रय जेभी कम्पनीले निर्माण गरेको झुलेङ्गे पुलको लम्बाई १५७१ मिटर रहेको छ । यो एसियाको दोस्रो र नेपालको पहिलो लामो दुरिको झोलुङ्गे पुल हो ।



Ads