ताजा अपडेटः

पूर्णबहादुर केसीकाे अध्यक्षतामा क्षेत्री समाज वडा कमिटी गठन

पूर्णबहादुर केसीकाे अध्यक्षतामा क्षेत्री समाज वडा कमिटी गठन प्रकाशित मिति: १० आश्विन २०८१, बिहीबार ११:२०

कल्पना खरेल ।

असाेज-१०, नवलपरासी । सुनवल १३ मा पूर्णबहादुर केसीको अध्यक्षता १३ सदस्यीय क्षेत्री समाज वडा कमिटी गठन भएको छ। जसकाे उपाध्यक्षमा तारा थापा क्षेत्री , ‌सचिवमा सरस्वती खड्का केसी,सहसचिवमा दान बहादुर क्षेत्री, कोषाध्यक्षमा मिना केसी रहनुभएकाे छ ।
त्यस्तै सदस्यहरूमा जित कुमारी बिष्ट, मनोज ढुङ्गाना, गीता पाठक , डेकबहादुर खत्री , केशव थापा,राजु क्षेत्री ,पद्मकुमारी अधिकारी र हस्तबहादुर महत रहनुभएकाे छ।
भने   विजय केसीकाे संयाेजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएकाे क्षेत्री समाज सुनवल नगर कमिटीकाे सचिव प्रतिभा कार्कीले बताउनुभएकाे छ ।
यसै असाेज १७ गते सुनवल ५  “राममन्दिन संरक्षण काेष स्थापनार्थ ” क्षेत्री दिवस तथा घटस्थापना पुजाकाे शुभकामना आदानप्रदान कार्यक्रमकाे समेत भब्य तयारी भइरहेकाे क्षेत्री समाज जिल्ला नवलपरासीका प्रवक्ता मोहन कार्कीले बताउनुभयाे  ।



Ads