ताजा अपडेटः

प्युठानकाे स्थानीय सरकार सहित सामुदायिक बिद्यालय  शिक्षा क्षेत्रकाे असल अभ्यास हेर्न सुनवलमा

प्युठानकाे स्थानीय सरकार सहित सामुदायिक बिद्यालय  शिक्षा क्षेत्रकाे असल अभ्यास हेर्न सुनवलमा प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार २०:२७

कल्पना खरेल, ।

असाेज-८, नवलपरासी । प्युठानबाट ३२ सामुदायिक बिद्यालयकाे प्र.अ सहित स्थानीय सरकार अध्ययन अवलोकका लागि आज मंगलबार  सुनवल नगरपालिकाकाे भ्रमण गरेकाे थियाे ।
सुनवल नगरपालिकाकाे शिक्षा क्षेत्रमा भएकाे असल अभ्यासका बिषयमा जानकारी लिन प्यूठान नगरपालिकाकाे नगरप्रमुख कृष्ण बहादुर याेगी, नगरप्रवक्ता ,शिक्षा शाखाका कर्मचारी सहित  सामुदायिक विद्यालयकाे प्र.अ   सुनवल नगरपालिकाकाे भ्रमण गरेकाे हाे ।
साे टाेलिलाई एक कार्यक्रमका विच सुनवल नगरपालिकाले नगरप्रमुख विमला अर्यालकाे अध्यक्षतामा  स्वागत गरेकाे थियाे  । भ्रमणका लागि आएका प्र.अ ले पालै पालाे सुनवलकाे शिक्षाकाे अवस्थाका विषयमा जिज्ञासा राखेका थिए ।
जिज्ञासालाई मेटाउदै सुनवल शिक्षा शाखा प्रमुख विष्णु गाेतामेले सुनवलकाे सामुदायिक विद्यालयकाे  शिक्षाकाे गुणस्तर  संस्थागत विद्यालयकाे भन्दा कम नभएकाे बताउनुभयाे ।
उता नगरप्रमुख अर्यालले विभिन्न चुनाैतीका विचमा स्थानीय सरकारले शिक्षालाई सबैभन्दा प्राथमिकतामा राखेकाे भन्दै नैतिक शिक्षाका लागि बाबाबर्दगाेरिया गुरूकुलम, पढ्नलाई उमेरले छेक्दैन भनी समता महिला विद्यालय र मुस्लिम समुदायका बालबालिकाका लागि मदरसा विद्यालय संचालनमा ल्याएकाे जानकारी दिनुभयाे ।
साेहि क्रममा बाेल्दै प्युठान नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद याेगीलेशिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेकाे नमुना याेग्य स्थानीय तहकाे अवलाेकन भ्रमणले शैक्षिक सुधारमा सकारात्मक परिवर्तन ल्याउनेमा आफू आशाबादी रहेकाे बताउनुभयाे ।
उहाँले यस भ्रमणले धेरै कुरा सिकाएर र शिक्षामा केही परिवर्तन गर्नुपर्ने अवस्था देखिएकाेले जनताले विश्वास गर्न सक्ने र अपनत्व गर्ने परिणाममुखि शिक्षा सुधारका कार्यक्रम ल्याउने जानकारी दिनुभयाे ।
यस भ्रमण टाेलिले सामुदायिक विद्यालयमा जगन्नाथ मावि, धान्यांचल मावि, नवदुर्गा र ज्याेति माविकाे अबलाेक समेत गरेकाे थियाे ।



Ads