ताजा अपडेटः

जेष्ठ नागरिक संरक्षण अक्षयकोश स्थापनार्थ संचालित पुजाको आय ब्यय सार्बजनिक

जेष्ठ नागरिक संरक्षण अक्षयकोश स्थापनार्थ संचालित पुजाको आय ब्यय सार्बजनिक प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार १८:२८

असोज ५ , नवलपरासी ।
सुनवल सत्मार्ग बहुआयमिक समाज र श्री कृष्ण धाम विकास समितिको संयुक्त आयोजनामा श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा जेष्ठ नागरिक संरक्षण अक्षयकोश स्थापनार्थ गत भाद्र ८ देखि १० गते सम्म संचालित पुजाको आज आय ब्यय सार्बजनिक एवम सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
समितिका अध्यक्ष मोहन कार्कीको अध्यक्षता एवम सुनवल सत्मार्ग बहुआयमिक समाजका अध्यक्ष भिम बहादुर थापाको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा कुल आम्दानी २२ लाख ८४ हजार १ सय ४०  साथै खर्च ११ लाख १ हजार २ सय ७१ भएको छ भने  बचत ११ लाख ८२ हजार ८ सय ६९ रहेकोे आर्थिक संयोजक लीलाधर सापकोटाले बताउनुभयो।
सोहि अबसरमा चन्दा दाताहरुलाई सम्मान पत्र प्रदान गरिनुका साथै भजन चुट्का समेत प्रस्तुत गरिएकाे  थियो ।
कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष बाल कृष्ण पङ्गेनी, पुजा ब्यबस्थापन मुल समिति सल्लाहकारहरु विष्णु प्रसाद पौडेल, कृष्ण लामिछाने, यज्ञ पाण्डे, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
समितिका अध्यक्ष मोहन कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महा-सचिब मुरली गौतमले गर्नुभएको थियो ।



Ads