ताजा अपडेटः

अन्तर जिल्ला कमिटी नवलपरासीकाे प्रथम अधिबेशन सम्पन्न

अन्तर जिल्ला कमिटी नवलपरासीकाे प्रथम अधिबेशन सम्पन्न प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार १८:१९

असाेज-५, नवलपरासी ।
राष्ट्रिय युवा संघ अन्तर जिल्ला कमिटी नवलपरासीको  प्रथम अधिबेशनले ओम प्रकाश गुप्ताकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी गठन गरेकाे छ ।
कमिटीका संयाेजक ओेम प्रकाश गुप्ताकाे अध्यक्षता तथा संगठनका केन्द्रीय उपाध्यक्ष महाराज गुरूङकाे प्रमुख आतिथ्यतामा आज शनिबार भएकाे अधिबेशनले उक्त कमिटी गठन गरेकाे हाे ।
जसकाे उपाध्यक्षमा सुरज सापकोटा,सचिवमा रामकृपाल  गुप्ता, सहसचिवमा राजन सापकोटा र कोषाध्यक्षमा अनामिका दर्नाल चयन भएका छन् भने सदस्यहरूमा अनु गुप्ता, दिव्या जेरि, सागर महतो, सुरेश यादव, देवेन्द्र  यादव र डा.किरण रहेका छन् ।



Ads