ताजा अपडेटः

सुनवल नगरपालिका द्वारा फरक क्षमता भएका बृद्व र बालबालिका गरि १७ जनालाई पाेसाक वितरण

सुनवल नगरपालिका द्वारा फरक क्षमता भएका बृद्व र बालबालिका गरि १७ जनालाई  पाेसाक वितरण प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार १५:४७

असाेज-३, नवलपरासी । ” सामाजिक सुरक्षा , सुसासन ,न्याय विकाश र समानता समृद्ध नगर सुखि नगरबासी हाम्रो प्रतिबद्धता भन्ने मुलनाका साथ सुनवल नगरपालिकाले विभिन्न कार्यक्रम सहित संविधान दिवस  मनाएकाे छ ।
संविधान दिवस  तथा राष्ट्रिय दिवस -२०८१ काे अवसर पारि पवित्रा वृद्वाश्रमका भुमहिका ५ जना र लुम्बिनी मावि सुनवलका विशेष क्षमता भएका १३ जना बालबालिका गरि १७ जना लाई पाेसाक वितरण गरिएकाे हाे ।
नगरप्रमुख विमला अर्यालकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगाैती यादवकाे प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा स्थानीय सरकार, राजनैतिक दलका प्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व विच अन्तर्किया कार्यक्रम समेत सम्पन्न भएकाे थियाे ।
याेजना शाखा प्रमख पुरूषाेत्तम ढकाल संचालन तथा नगरउपप्रमुख सुर्य प्रसाद दुवेकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रममा पूर्व सुनवल गा.वि.स. अध्यक्ष थानप्रसाद गैरे,एमाले जिल्ला उपाध्यक्ष डाेलराज भण्डारी, नेकपा माओवादी जिल्ला अध्यक्ष भविश्वर तिवारी , वडा नम्बर ३ का निवर्तमान अध्यक्ष  कर्ण बहादुर सेन, सहिद पत्नि भागिरथी पाण्डे लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।