ताजा अपडेटः

माेटरसाईकल दुर्घटनामा सुनवलका  रामनाथ कवरकाे मृत्यु

माेटरसाईकल दुर्घटनामा सुनवलका  रामनाथ कवरकाे मृत्यु प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार ०७:३७

कल्पना खरेल ।

भदाै-२४, नवलपरासी  । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १२ र रामग्राम नगरपालिका वडा नं ११ काे सिमाना स्थित भित्री सडक खण्डमा भएकाे माेटरसाइकल दुर्घटनामा चालककाे मृत्युु भएकाे छ ।
गएराति ११ बजे  पश्चिमबाट पुर्व तर्फ जाँदै गरेकाे लु १७ प ८७८८ नम्बरको माेटरसाईकल अचानक आफै अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका माेटरसाईकल चालक सुनवल ९ स्वाठीका २६ वर्षिय रामनाथ कंवरकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
उनकाे मुख र शरिरकाे विभिन्न भागमा गम्भीर चाेट लागि  उपचारकाे लागि जिल्ला पृथ्वी चन्द्र अस्पताल परासी लगिएकाेमा डाक्टरले राति साढे १२ बजे मृत घाेषणा गरेकाे थियाे ।
मृतकको शव पाेष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पतालमा राखिएको  जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।



Ads