ताजा अपडेटः

१८ जना फरार प्रतिवादी पक्राउ

१८ जना फरार प्रतिवादी पक्राउ प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार २१:३९

कल्पना खरेल

भदाै-१७, नवलपरासी । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत १८ जना फरार प्रतिवादी पक्राउ गरिएकाे छ ।
नवलपरासी जिल्ला तथा मातहत  प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले आज अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी विभिन्न मुद्धाका १८ जना फरार प्रतिवादी पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा चलन २ जना , गाली बेइजती २ जना , लुटपिट २ जना , बाली बिगो १ जना ,बहु बिबाह १ जना  , कुटपिट ३ जना , चेक अनादर ३ जना , जबर्जस्ती करणी १ जना , कर्तव्य ज्यान २ जना , जाल साजी १ जना गरि जम्मा १८ जना रहेका छन् ।
उनीहरूलाई  फैसला कार्यान्वयनका लागि जिल्ला अदालत परासी पठाईएको र उनीहरूबाट रू. ९१ हजार ६ सय ३० रुपैयाँ जरिवाना असुल हुन आएको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराे जानकारी दिनुभएकाे छ ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पछिल्लो ७ दिनमा १०४ जना पक्राउ परेका र याे अभियान निरन्तर रुपमा संचालन हुने उहाँकाे भनाइ छ ।



Ads