ताजा अपडेटः

अखिल नेपाल महिना संघ क्रान्तिकारी सुनवल नगर कमिटिद्वारा तिज मिलन कार्यक्रम

कल्पना खरेल
अखिल नेपाल महिना संघ क्रान्तिकारी सुनवल नगर कमिटिद्वारा तिज मिलन कार्यक्रम प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार १९:४०

कल्पना खरेल

भदाै-१६, नवलपरासी । अखिल नेपाल महिना संघ क्रान्तिकारी सुनवल नगर कमिटि वडा नम्बर १० द्वारा आज आइतबार तिज मिलन शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  भएकाे छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला सदस्य तथा सुनवल नगर कमिटी अध्यक्ष समीक्षा बलालकाे अध्यक्षता तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी प्रदेश सदस्य एवम् सुनवल नगर इन्चार्ज प्रतिभा कार्की क्षेत्रीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कार्कीले आफ्नाे माैलिक संस्कृतिकाे संरक्षण, सम्बर्द्धन गर्नुपर्ने भन्दै तिजलाई तडक भडक रहित सभ्य,भब्य र मर्यादित गराउन सबैलाई आग्रह गर्नुभयाे ।
कार्यक्रममा विभिन्न माैलिकता झल्कने र  समय सापेक्ष घटना परिघटनामा आधारीत तिज गित प्रस्तुत गरिएकाे थियाे ।
नेकपा माओवादी केन्द्र  नगर कमिटी काेषाध्यक्ष सीता काफ्लेकाे संचालन तथा मिना ढकालकाे स्वागत रहेकाे कार्यक्रममा  नेकपा माओवादी नगर कमिटी अध्यक्ष माेहन कार्की , तारा बहादुर बलाल, थानेश्वर पाण्डे , देवकला खनाल लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads