ताजा अपडेटः

मुलपानी सामुदायिक वनकाे २०८०/ ०८१ काे कार्य लेखा प्रशिक्षण सार्वजनिकीकरण कार्यक्रम

मुलपानी सामुदायिक वनकाे २०८०/ ०८१ काे कार्य लेखा प्रशिक्षण सार्वजनिकीकरण कार्यक्रम प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार २२:३७

कल्पना खरेल

भदौ १४, नवलपरासी । मुलपानी सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगती तथा लेखा सार्वजनिकीकरण गरेकाे छ ।
सस्थाका अध्यक्ष यज्ञ प्रसाद पाण्डेको अध्यक्षता एवम लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा सहकारी मन्त्रालयका निर्वतमान मन्त्री एवम प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डेले २०८०/०८१ मा गरेका कार्यक्रम , आर्थिक गतिविधि , लगानी  र कामका चुनाैतिकाे ओैचित्य माथि प्रकाश पार्दै करिब २ करोड ६२ लाख १० हजार बराबरको लेखा परिक्षण सार्वजनिकरण गर्नुभएकाेथियाे ।
अध्यक्ष पाण्डेले मूलपानी सामुदायिक बनले जिल्लामै सबैभन्दा उत्कृष्ट प्रदर्शन गरि नमुना बनकै रूपमा स्थापित भएकाे भन्दै  “समृद्धिकाे लागि बन ” भन्ने अबधारणालाई आत्मसात गरेर हिडेकाे बताउनुभयाे ।
उहाँले  आफ्ना उपभोक्ताहरुलाई चाहिए जति काठ उपलब्ध गराउन सक्ने एक मात्र वन मूलपानी सामुदायिक बन भएकाेले पछिल्लो पटकजहाँ दुख्याे त्यहाँ मूलपानी पुग्याे भन्ने अभियान लिएर लगाडि बढेकाे बताउनुभयाे ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य खड्ग बस्नेतले सामुदायिक वन लचिलाे बन्दै अगाडि बढ्न केही झन्झटिलाे बन ऐनलाई शंसाेधन गर्न जरूरी रहेकाे धारणा राख्नुभयाे ।
सामुदायिक बन,उपभोक्ता समिति र समुदाय सगँ गरिबी निवारण, सामाजिक उत्तरदायित्व र राेजगारीलाई प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह गर्नुभयाे ।
उहाँले सामुदायिक बनले गरेकाे कामलाई शुस्म अध्ययन र मुल्यांकन गर्दै जवाफदेही बनाउन उपभोक्तालाई सुझाब समेत दिनुभयाे ।
संस्थाका सचिव समीक्षा बलालकाे संचालन एवम् संस्थाका उपाधयक्ष प्रभुलाल मौर्यकाे स्वागत रहेकाे कार्यक्रममा डिभिजन वन कार्यालय परासीका निमित्त वन अधिकृत मेघनाथ काफ्ले, वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनी, वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगर, महाकवी देवकोटा क्याम्पसकाअध्यक्ष कृष्ण प्रसाद लामिछाने,संस्थाका सल्लाहाकार उमाकान्त उपाध्याय लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads