ताजा अपडेटः

जिल्लामा एकैदिन १७ जना फरार प्रतिवादी पक्राउ

जिल्लामा एकैदिन १७ जना फरार प्रतिवादी पक्राउ प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलवार १९:२९

कल्पना खरेल, नवलपरासी । जिल्ला तथा मातहत  प्रहरी कार्यालयहरूकाे प्रहरी टाेलिले आज एकै दिन १७ फरार प्रतिवादी पक्राउ गरेकाे छ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरी टोलीले विभिन्न फरार प्रतिवादी पक्राउ गरेकाे हाे भने  १३ वर्ष  १ महिन १९ दिन कैद र ५ लाख ९० हजार ७ सय जरिवाना समेत असुल गरेकाे छ ।
सवारी ज्यान मुद्वामा १  जना रु.२ हजार जरीवाना,  सवारी अंगभंगमा १ जना, ला.औ.३ जना रु.४ लाख २५ हजार ,  डाँका चोरीमा १ जना ५ बर्ष कैद र रु.५० हजार जरिवाना , चेकअनादरमा१ जना रु.१ हजार जरिवाना , कुटपिटमा १ जना रु.१० हजार जरिवाना ,  जग्गा खिचलोमा २ जना रु.२ हजार जरिवाना , चोरीमा १ जना रु.३५ हजार जरिवाना ,वन पैदवार १ जना रु.५५ हजार जरिवाना, कुटपिटमा १ जना रु.१० हजार, पुन चलन १जना  रु.५ सय जरिवाना ,जालसाजीमा ३ जना रु.२ सय गरिवाना गरि जम्मा १७ प्रतिवादी पक्राउ र ५ लाख ९० हजार ७ सय जरिवाना असुल गरिएकाे हाे ।
उनीहरूलाई अदालतबाट विभिन्न मुद्धाका  फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी  रहेकाेले  कार्यान्वयनका लागि जिल्ला अदालत परासी पठाईएको प्रहरी नायव उपरीक्षक रेशम बाेहराले जानकारी दिनुभयाे ।
साथै अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा समेत फैसला कार्यान्वयन तर्फ ५०९ जना फरार पक्राउ भएकोमा कुल १७९ वर्ष ९ महिना २१ दिन कैद र ६६ लाख ५८ हजार ६ सय ५१ जरिवाना असुल भएको छ ।



Ads