ताजा अपडेटः

कृष्णधाममा श्रीकृष्ण जन्माष्टमी पुजा शुभारंभ

कृष्णधाममा श्रीकृष्ण जन्माष्टमी पुजा शुभारंभ प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार २३:५७

कल्पना खरेल ।
भदाै ८, नवलपरासी । जेष्ठ नागरिक संरक्षण अक्षयकोषकाे स्थापना गर्ने लक्ष्य सहित श्रीकृष्ण जन्माष्टमी पुजा तथा विविध सांस्कृतिक कार्यक्रम सनिवारबाट शुरू भएकाे छ ।
धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै विश्वमै ५२ फिट अंगाे कृष्णकाे मुर्तिकाे ऐतिहासिक महत्त्व प्रचार गर्ने ध्येय रहेकाे कार्यक्रमकाे समुद्घाटन पूर्व कानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय धुर्व बहादुर प्रधानले गर्नुभएकाे हाे ।
सुनवल सत्मार्ग बहुआयामिक समाज र श्रीकृष्ण धाम बिकास समितिकाे सयुक्त आयोजनामा भएकाे कार्यक्रमकाे पहिलाे दिन विभिन्न जातजाति, भाषा ,धर्म संस्कृति झल्कने बाजागाजा र पाेशाक सहित बिहान ११ बजे आमा समूह, विद्यालय, विभिन्न समाज द्घारा   प्रभातफेरि र कलशयात्रा  निकालिएको थियाे ।
कार्यक्रममा बाेल्दै माननीय धुर्व बहादुर प्रधानले आफ्नाे क्षेत्रकाे पहिचान आफ्नै माेैलिकता र विविधतामा भएकाेले यसकाे संरक्षण, सम्बर्द्धन र पहिचानलाई बुझ्नु एक महत्त्वपूर्ण कार्य भएकाे बताउनभयाे ।
सकारात्मक चिन्तन र स्वच्छ मनाेभावनाले गर्ने कार्य सधै सफल रहेकाे भन्दै प्रधानले कृष्णधामकाे विकाश ,विस्तार र पहिचानका लागि आफ्नाे सहयाेग सदैब रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचिका सुरक्षा आचार्यबाट  ३ दिनसम्म साङ्गितिक प्रवचन सहित महाआरती, भजन कृतन, कृष्णलिला र तिज गित प्रतियोगिता हुने श्रीकृष्ण जन्माष्ठमी पुजा ब्यवस्थापनका मुल संयोजक मोहन कार्कीले बताउनुभएकाे छ ।
पुजा ब्यवस्थापन समितिका महासचिव मुरली गौतमकाे संचालन र श्री कृष्ण जन्माष्टमी पुजा व्यावस्थापन मुल समिती संयोजक मोहन कार्कीको अध्यक्षता रहेकाे कार्यक्रममा सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य दुबे,महाकवि देवकोटा क्यामपसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads