ताजा अपडेटः

सुनवल नगरपालिकाकाे मिनी-टिप्पर र जेसीबी नियन्त्रणमा

सुनवल नगरपालिकाकाे मिनी-टिप्पर र जेसीबी नियन्त्रणमा प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार १९:३७

 

कल्पना खरेल

भदाै ८, नवलपरासी ।नदिजन्य पदार्थ उत्खनन गरिरहेकाे अवस्थामा सुनवल नगरपालिकाकाे २ वटा मिनी-टिप्पर र १ वटा जेसीबीस्थानीयले नियन्त्रणमा लिई बडेरा स्थित वन- सब डिभीजन कार्यालयमा बुझाएका छन् ।
सुनवल -४, रमवापुर स्थित दामाेदरकुण्डमा आज सनिवारबाट लागेकाे कृष्ण जन्माष्टमी विविध पुजा कार्यक्रमममा खाल्डाखुल्डी टाल्न भन्दै वडाकाे सिफारिसमा उक्त मिनी-टिप्पर र जेसिबी खाेला पसेकाे थियाे ।
केही दिन अघिमात्र सुनवल नगरपालिकाले असार,साउन र भदौ गरि तिन महिना नेपालका कुनैपनि नदि खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन् गर्न नमिल्ने भन्दै चाेरी निकासीमा सङ्लग्न हाइवा र टिप्पर नियन्त्रणमा लिएकाे थियाे
भने खाेला छेउमा डम्पिङ गरी राखिएका चाेरीका ढुंगा समेत उठाएकाे थियाे ।
नियम कानुन सबैलाई बराबर लाग्नुपर्छ भन्दै केही स्थानीयले खाेलामा पसेकाे मिनि- टिप्पर र जेसीबीलाई नियन्त्रणमा लिई वन डिभीजन कार्यालयलाई फाेन गरेकाे नाम नखुलाउने सर्तमा एक स्थानीयले बताएका छन् ।
नियन्त्रणमा लिएकाे मिनी – टिप्पर र जेसीबीलाई नियम अनुसार कारवाहि प्रकृयामा लगिने डिभिजन वन कार्यालयले जनाएकाे छ ।

 



Ads