ताजा अपडेटः

लागुऔषध खैरो हेरोईन (ब्राउन सुगर) सहित मानिस नियन्त्रणमा

कल्पना खरेल
लागुऔषध खैरो हेरोईन (ब्राउन सुगर) सहित मानिस नियन्त्रणमा प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार २१:४०

कल्पना खरेल
भदाै-५, नवलपरासी ।  ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकि बसहियाकाे संयुक्त गस्ती टोलीले आज बिहान १०:४५ बजे  लागु ओैषध सहित मानिस नियन्त्रणमा लिएकाे छ ।
गोप्य सुचनाका  आधारमा  प्रतापपुर गा.पा.४ हरकपुरास्थित नेपाल भारत सिमाना नजिकै भारतबाट नेपालतर्फ पैदल आउंदै गरेको  प्रतापपुर गा.पा.८ बालुवा टोल बस्ने ५२ बर्षका जगदिश केवटलाई  चेकजाँच गर्दा  ३० पुरीया लागू ओैषध फेला परेकाे हाे ।
उनले  लगाएको खैरो रंगको पाईन्टको दाहिने खल्तीबाट कालो प्लाष्टिकमा बाधेर लुकाई छिपाई ल्याएको लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ  तौल गर्दा ३५ ग्राम हुन आएको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।
तत्पश्चात केवटलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेकाे छ। लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ `छ´ २ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दश वर्ष देखि पन्ध्र वर्षसम्म कैद र पचहत्तर रुपैयाँ देखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेकाे छ ।
गत साउन महिनामा पश्चिम नवलपरासीबाट लागुऔषध सहित  ८ जना मानिस पक्राउ भई सम्वन्धि कसुर मुद्धामा  जिल्ला अदालत परासिबाट म्याद थप लिई अनुसन्धान भईरहेको डिएसपी बाेहराले जानकारी दिनुभयाे ।




Ads