ताजा अपडेटः

श्रीकृण्णधाममा विविध कार्यक्रम सहित कृष्ण जन्माष्टमी मनाइने विशाल तयारी

श्रीकृण्णधाममा विविध कार्यक्रम सहित कृष्ण जन्माष्टमी मनाइने विशाल तयारी प्रकाशित मिति: १ भाद्र २०८१, शनिबार ०६:२६

नवलपरासी ।  श्रीकृण्णधाम सुनवल ४ रमवापुरमा यसपटकको   कृष्ण जन्माष्टमी विविध पुजा सहित विशाल तयारी भइरहेकाे पुजा व्यवस्थापन मुल समिति समितिले  जनाएकाे छ ।
संसारकै अग्लो श्रीकृष्ण मुर्ति रहेको श्रीकृष्णधाममा यहि भदौं ८,९ र १० गते कृष्ण जन्माष्टमी पुजा सहित कृष्ण लिला र कृष्ण महिमा सम्वन्धी प्रर्वचन समेत गरिने मिडिया परिचालन बैठकमा जानकारी दिइएकाे हाे ।
सोहि अवसवरमा कृष्ण भजन चुट्का प्रतियोगीता र कृष्ण संग सम्वन्धीत तिज गित प्रतियोगीता समेत हुने पुजा व्यवस्थापन मुल समिति समारोहका संयोजक मोहन कार्किले जानकारी दिनुभयो ।
पुजा सम्पन्न गर्नको लागी २ सय ५१ सदस्यीय समितिमा विभिन्न उपसमितिहरु बनाइएकाे एवं विभिन्न संघ सस्थाहरुसंग समेत मुल समितीले छलफल गरेको छ । सामुहिक छलफलमा वोल्दै श्री कृष्ण जन्माष्टमी पुजा व्यवसथापन मुल समितीका संल्लाहकार संयोजक एवं सुनवल नगरपालिकाका पुर्व नगरप्रमुख भिम वहादुर थापाले सुवनललाई धार्मिक एंव पर्यटकिय रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पहिचान गराउनको लागी श्रीकृष्णअष्टमी पुजाले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
त्यस्तै धार्मिक पर्यटनबाट समग्र सुनवलको विकासमा पनि यसले महत्वपुर्ण भुमिका खेल्ने थापाको भनाई छ ।



Ads