ताजा अपडेटः

नदिजन्य पदार्थ चाेरी निकासी राेक्न नगरप्रमुख विमला अर्यालकाे सक्रियता / चाेरीमा संलग्न २ गाडि नियन्त्रणमा

नदिजन्य पदार्थ चाेरी निकासी राेक्न नगरप्रमुख विमला अर्यालकाे सक्रियता / चाेरीमा संलग्न २ गाडि नियन्त्रणमा प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार १७:४६

कल्पना खरेल

साउन-३० , नवलपरासी । सुनवल नगरपालिकाले आज बुधबार नदिजन्य पदार्थ चाेरी निकासीमा संलग्न २ वटा गाडि नियन्त्रणमा लिएकाे छ ।
दिउँसो करिब २ बजे नगर प्रमुख विमला अर्यालकाे नेतृत्वमा कर्मचारी र नगरप्रहरी सहितकाे टाेलीले सुनवलको तुरिया खोलाबाट टुंगा लाेड गरी लैजादै गरेकाे अवस्थामा लु १ क ४५३७ नम्बरकाे हाईवा र लु २ ख ३००८ नम्बरको टिप्पर नियन्त्रणमा लिएकाे हाे ।
सुनवल नगरपालिकाकाे खोलाहरुबाट दैनिक रुपमा नदिजन्य पदार्थ चोरी निकासी भइरहेकाे व्यापक जनगुनासाे आएरहेपछि चाेरी निकासी राेक्न अनुगमनका लागि नगर प्रमुख अर्याल,केही कर्मचारी र नगर प्रहरी सहित खाेलामा पुग्नुभएकाे थियाे ।
साेहि क्रममा बाेल्दै नगरप्रमुख अर्यालले नियन्त्रणमा लिइएका हाईवा, टिप्पर र ढुंगालाई नगरपालिका कार्यालयमा राखिएको र १ महिनापछि थप कारवाहिमा लगिने जानकारी दिनुभयाे ।
उहाँले चाेरी निकासी नियन्त्रणका लागि गत वर्ष जस्तै यस वर्षपनि आँफै खाेलामै पुगेर निरीक्षक गर्नुका साथै चाेरी निकासीमा संलग्न भएकाे पाए कसैलाई पनि नछाेड्ने बताउनुभयो ।
असार,साउन र भदौ गरि तिन महिना नेपालका कुनैपनि नदि खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन् गर्न नमिल्ने कानुनी व्यवस्था रहेकाे छ।



Ads