ताजा अपडेटः

अनेरास्ववियु नवलपरासीको २५ औं अधिवेशनबाट अध्यक्षमा पुनः सञ्जय मौर्य

अनेरास्ववियु नवलपरासीको २५ औं अधिवेशनबाट अध्यक्षमा पुनः सञ्जय मौर्य प्रकाशित मिति: २० श्रावण २०८१, आईतवार ०९:२६

कृष्ण ढकाल

साउन , २०  बर्दघाट । अनेरास्ववियु नवलपरासीको २५ औं जिल्ला अधिवेशनबाट सन्जय मौर्यको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा गठन भएको छ।  दिव्यज्योती बहुमुखी क्याम्पसमा बर्दघाट–२ चिसापानीमा भएको अधिवेशनले उपाध्यक्षमा सन्देश न्यौपाने,मणि पाण्डे ,कमल ढकाललाई चयन गरेको छ भने सचीवमा बिनम भण्डारी  र सह सचीवमा किरण बस्याल ,फ्रेन्सिस बस्याल र जिपि न्यौपानेलाई चयन गरेको छ ।
त्यसैगरी कोषाध्यक्षमा कामेश पासी  र महिला विभाग प्रमुखमा प्रकृति सापकोटालाई चयन गरेको निर्वाचन मण्डलका अध्यक्ष सरोज ठकुरीले जानकारी गराउनु भएको छ ।
अनेरास्ववियु नवलपरासीका जिल्ला अध्यक्ष भोलानाथ कोइरी (सञ्जय मौर्य)को अध्यक्षता र केन्द्रिय कमितिका महासचिव नरेश रोकायको प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिबेशनमा एमालेका केन्द्रिय कमिटि सदस्य बिमला अर्याल,केन्द्रिय सल्लाहकार सदस्य खिमलाल पोखरेल,अनेरास्ववियु केन्द्रिय कमिटि सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विनिता काफ्ले,पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारी,अनेरास्ववियुका केन्द्रिय स्थाइ कमिटि सदस्य लेखनाथ खनाल,प्रदेश अध्यक्ष सान्तोष बाठा,केन्द्रिय कमिति सदस्य तथा जिल्ला इन्चार्ज निरज पौडेले,पार्टीका प्रदेश कमिटि सदस्य लक्ष्मी क्षेत्री लगाएतको उपस्थिती रहेको थियो ।



Ads