ताजा अपडेटः

धारीलो हतियार प्रहार गरी एक मानिसको हत्या

धारीलो हतियार प्रहार गरी एक मानिसको हत्या प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार ११:००

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गा.पा. ५ हर्दीका २० बर्षिय अविवाहित सुर्य कुमार बढईकाे धारिलो हतियार प्रहार गरि हत्या गरिएकाे छ ।
आज बिहान ५ बजे उमेश बढईको छोरा रोशन कुमार बढई भनिने सुर्य कुमार बढईकाे आफ्नै घरमा सुतिरहेको अवस्थामा  घाँटी काटेर हत्या गरिएकाे हाे ।
प्रारम्भिक अनुसन्धानमा निजकाे धारिलो हतियार प्रयोग गरी घाँटी काटेको भन्ने खुलेकाे भएपनि थप अनुसन्धान भईरहेकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।
शवलाई अहिले पृथ्वी चन्द्र अस्पताल परासी ल्याईएकाे छ ।
हत्याकाे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको कमाण्डमा खटिएको प्रहरी टाेलि घटनास्थल पुगेकाे थियाे ।



Ads