ताजा अपडेटः

वृक्षारोपण गरि नेकपा एमाले जिल्ला कमिटी नवलपरासीले ४६ ओै पुष्पलाल स्मृति दिवस मनायाे

वृक्षारोपण गरि नेकपा एमाले जिल्ला कमिटी नवलपरासीले ४६ ओै पुष्पलाल स्मृति दिवस मनायाे प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार २०:१०

कल्पना खरेल, नवलपरासी । ४६ औं पुष्पलाल स्मृति दिवसकाे अवसर पारी आज साेमवार  नेकपा एमाले जिल्ला कमिटी पश्चिम नवलपरासीले  शहिद विष्णु प्रसाद पाण्डे स्मृति प्रतिष्ठानमा वृक्ष‌रोपण गरेकाे  छ ।
कार्यक्रम  नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष डाेलराज भण्डारीकाे अध्यक्षता तथा केन्द्रीय सल्लाहकार  खिमलाल पाेख्रेलकाे प्रमुख आतिथ्यतामा भएकाे हाे ।
कार्यक्रममा  बाेल्दै प्रमुख अतिथि पाेख्रेल र पार्टीका प्रदेश सदस्य थानप्रसाद गैरेले नेपाल कम्युनिस्ट पार्टीका  संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदान माथि प्रकाश पार्नुभएकाे थियाे ।
जिल्ला सचिव धिरज शर्माकाे संचालन र  उपसचिव राजन कुमार आचार्यको स्वागत रहेकाे कार्यक्रममा पार्टीका कार्यकर्ता देखि  सहिद परिवार भागिरथी पाण्डे, लक्ष्मी प्रसाद पाण्डे , विजय पाण्डे लगाएतकाे उपस्थिति रहेकाे थियाे ।



Ads