ताजा अपडेटः

सेफ्टी ट्याङ्कीमा खसि बालककाे मृत्यु

कल्पना खरेल
सेफ्टी ट्याङ्कीमा खसि बालककाे मृत्यु प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार १६:२३

कल्पना खरेल, नवलपरासी । पश्चिम नवलपरासीकाे प्रतापपुर गा.पा.५ बसहियामा आज दिउँसो २ बजे एक बालक सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएकाे छ ।
प्रतापपुर गा.पा. १ सिसहानिया स्थित मामा घरमा आएका राम प्याकुरेलको छोरा ६ वर्षिय राज प्याकुरेलकाे सेफ्टी ट्याङ्कीमा खसि मृत्युु भएकाे हाे ।
एक तले घरको कोठामा खेल्ने क्रममा एक्कासी झ्यालबाट तल झरि सेफ्टी ट्याङ्की भित्र खस्न पुगेको र तत्काल ट्याङ्कीबाट निकाली उपचारको लागी भारत जिल्ला महराजगंज निचलौल सामुदायिक अस्पताल पुर्याइएकाेमा डाक्टरले दिउँसो २:३० बजे मृत घोषणा गरेकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।




Ads