ताजा अपडेटः

बर्दघाटमा सर्पदंशबाट एक महिलाको मृत्यु

कल्पना खरेल
बर्दघाटमा सर्पदंशबाट एक महिलाको मृत्यु प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार १०:३६

कल्पना खरेल,नवलपरासी ।  पश्चिम नवलपरासीकाे बर्दघाट न.पा. १४ स्थित २० वर्षिय सोनिया खनालकाे आज सर्पदंशबाट मृत्यु भएकाे छ ।
बिहान ३ बजे पिसाब फेर्न गएको अवस्थामा उनलाई बायाँ खुट्टामा सर्पले टोकेको थियाे ।
शिघ्र उपचारका लागि स्थानिय सरोज मेडिकलमा पुर्याइ सामान्य उपाचार पश्चात जिल्ला अस्पताल परासी ल्याएकोमा डाक्टरले बिहान ८:५० बजे मृत घोषण गरेको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।




Ads