ताजा अपडेटः

पिन,नवलपरासीद्वारा बिहिवार खुल्ला म्याराथुन दाैड प्रतियोगिता

पिन,नवलपरासीद्वारा बिहिवार खुल्ला म्याराथुन दाैड प्रतियोगिता प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार १८:२१

कल्पना खरेल,नवलपरासी ।  प्राेग्रेसिभ इन्जिनियर एसाेसियसन नेपाल,नवलपरासीकाे ६२ ओै इन्जिनियरिङ दसवसकाे अवसरमा भाेली बिहीबार खुल्ला म्याराथुन दाैड आयाेजना गर्ने भएकाे छ।
रामग्रामकाे बुद्वचाेकदेखि बिहान ८:३० बजे सुरू भई ९:३० बजे रामग्राम स्तुपामा समापन हुने प्राेग्रेसिभ इन्जिनियर एसाेसियसन नेपाल,नवलपरासीका अध्यक्ष राजु ढकालले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयाे ।
पिन नवलपरासीले समाजमा सामाजिक वातावरण , शैक्षिक स्वास्थ , खेलकुद लगाएतका कार्यहरू गर्दै इन्जिनियरहरूकाे हकहितकाे लागि आवाज उठाउदै आएकाे छ ।
याे पटकपनि ६२ ओै इन्जिनियरिङ दिवसकाे अवसरमा आयाेजना गरिएकाे खुल्ला म्याराथुनकाे मुख्य उदेश्य युवाहरूको सम्मान, स्वास्थ र फिटनेसकाे प्रवर्द्धन र समुदायमा सकारात्मक उर्जा फैलाउनुकाे साथै पर्यटन विकास र रामग्राममा रहेकाे स्तुपाकाे अन्तर्राष्ट्रिय उजागर गर्नु रहेकाे छ ।
प्रतियोगितामा सबै उमेर समुहका व्यक्तिहरूलाई सहभागी गराइने र प्रथम हुनेलाई नगद रू. १० हजार, सिल्ड,द्वितीय हुनेलाई नगद रू. ५ हजार सिल्ड र तृतीय हुनेलाई नगदरू. ३ हजार र सिल्ड रहने अध्यक्ष ढकालले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयाे ।
पिनकाे आगामी कार्यक्रममा प्रकाेप न्यूनीकरणमा इन्जिनियरहरूकाे भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम रहने उपाध्यक्ष सुवर्ण न्याैपानेले बताउनुभयाे ।



Ads