ताजा अपडेटः

३० ओै विश्व आदिवासी दिवस साउन २५ गते भव्य रूपमा मनाउने तयारी

कल्पना खरेल
३० ओै विश्व आदिवासी दिवस साउन २५ गते भव्य रूपमा मनाउने तयारी प्रकाशित मिति: ३२ असार २०८१, सोमबार १९:१८

कल्पना खरेल,नवलपरासी । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीको पुर्ण बैठक बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपत्तामा सम्पन्न भएको छ ।
महासंघका जिल्ला अध्यक्ष तारा थापा मगरको अध्यक्षतामा सम्पन्न पुर्ण बैठकले ३०औ विश्व आदिवासी दिवसकाे अवसर पारि सारावल गाउपालिकामा साउन २४ गते रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।
त्यसैगरी साउन २५ गते प्रतापपुर गाउपालिकाको वडा नम्बर ९ मा अवस्थित त्रिभुवन क्याम्पसमा बृहत जनसमुदायको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रम गरि  ३० औ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने महासंघका सल्लाहकार एवम् सुनवल नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ ।
सल्लाहकार संयोजक् देवराज चौधरी, सल्लाहकार  मन बहादुर थापा मगर,बिजुला जोशी श्रेष्ठ, मोहन चौधरी, आश बहादुर तमाङ्ग लगएतको उपस्थिति रहेको पुर्ण बैठकमा जिल्ला भित्र रहेका सबै एकल जातिय संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।




Ads