ताजा अपडेटः

नारायणी किनारमा फेला परेको शवकाे पहिचान  खुल्याे

नारायणी किनारमा फेला परेको शवकाे पहिचान  खुल्याे प्रकाशित मिति: ३२ असार २०८१, सोमबार १५:०३

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउपालिका -४ पन्ध्र (१५)नम्वर ठोक्करस्थित नारायणी नदि किनारमा हिजाे फेला परेको शवकाे पहिचान खुलेकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले जारी गरेकाे हुलिया परिपत्र तथा जिल्ला प्रहरी कार्यालय  चितवन तथा बारासँग समन्वय गर्दा शवकाे पहिचान खुल्न आएकाे हाे ।
हुलियाको आधारमा त्रिशुलि बस बेपत्ता घटनाका यात्रु जिल्ला बारा बिश्रामपुर गा.बि.स वडा नं ५ हाल विश्रामपुर गाउपालिका ३ बस्ने बर्ष ४३ को प्रमानन्द पण्डित भन्ने बुझिन आएकाे प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।
पहिचान पश्चात पृथ्वी चन्द्र अस्पतालमा रहेको शव आवश्यक प्रकृया पूरा गरि बिहान १०:४५ बजे प्र स नि को जिम्मा लगाई चितवनमा पठाईएकोमा दिउँसो २:२० बजे आफन्त सम्पर्कमा आई सनाखत समेत भएको डिएसपी बाेहराले बताउनुभयो ।



Ads