ताजा अपडेटः

सर्पको टोकाईबाट  एक महिलाको मृत्यु

कल्पना खरेल
सर्पको टोकाईबाट  एक महिलाको मृत्यु प्रकाशित मिति: ३१ असार २०८१, आईतवार १४:२२

कल्पना खरेल,नवलपरासी । प्रतापपुर गाउँपालिका ८ गंगापुर, पश्चिम नवलपरासी बस्ने एक महिलाको आज बिहान सर्पकाे टाेकाईबाट मृत्यु भएकाे छ ।
बिहान अन्दाजी ४ बजे ३२ वर्षिय रुना पालकाे  सर्पको टाेकाईबाट बेहोस भई उपचारको लागि सर्प दंश त्रिबेणी क्याम्प  लगेकोमा उपचार हुन नसकी थप उपचारको लागि जिल्ला अस्पताल परासी ल्याएकोमा  बिहान ८:५५ बजे  डाक्टरले मृत घोषणा गरेकाे थियाे ।
आफ्नै घरमा सुती रहेको अवस्थामा अचानक नाम नखुलेको  सर्पले टोकेकाे प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।




Ads