ताजा अपडेटः

सिटिजन्स बैंक  भुमही शाखाद्वारा दुई विद्यालयललाई विभिन्न सामाग्री हस्तान्तरण

सिटिजन्स बैंक  भुमही शाखाद्वारा दुई विद्यालयललाई विभिन्न सामाग्री हस्तान्तरण प्रकाशित मिति: ३० असार २०८१, शनिबार २०:०३

कल्पना खरेल, नवलपरासी । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड भुमही नवलपरासी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दुई विद्यालयललाई विभिन्न सामाग्री हस्तान्तरण गरेकाे छ ।
विभिन्न दुई कार्यक्रमकाे आयाेजना गरि बैंकले शुक्रबार सुनवल नगरपालिका वडा नं. ११ धुर्कोट फेदी स्थित श्री जनशान्ति आधारभुत विद्यालयमा खानेपानी फिल्टर र सुनवल नगरपालिका वडा नं. ११ केरवानी स्थित श्री बाबा वर्दगोरिया तुल्सीराम गुरुकुुलममा खाद्यान्न सामाग्री वितरण गरेको हाे ।
अहिले वर्षाकाे समयमा पहाडी क्षेत्रमा रहेको स्कुलमा धमिलो पानी आउने भएकाले बालबालिका सहित  शिक्षक एवं कर्मचारीहरुलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उदेश्यका साथ खानेपानी फिल्टर वितरण गरिएको सिटजन्स बैंक भुमही शाखाका प्रवन्धक कमल कंडेलले जानकारी दिनुभयो ।
त्यसैगरी श्री बाबा वर्दगोरिया तुल्सीराम गुरुकुकुलमा रहने विद्यार्थीहरुलाई आवसमा रहँदा खाद्यान्नको अभाव नहोस भन्ने उदेश्यका साथ केही खाद्यन्न हस्तान्तरण गरिएकाे छ ।
कार्यक्रमा गुरुकुलमका संचालक समिति अध्यक्ष नरपती पाण्डेले हरेक क्षेत्रबाट आउने यस्तो सहयोगले गुरुकुलमको लागि ठुलो महत्व राख्ने भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
बैकको शाखाले गरेको उक्त कार्यक्रममा बैंकको तर्फबाट भुमही शाखाका प्रवन्धक कमल कंडेल, विष्णु प्रसाद वस्याल, सुलोचना राजवंशी, सन्दिप ढकाल, पार्वती चौधरी, क्रिष्टी गाहा, सुशिला उपाध्या, लक्ष्मी भण्डारी लगाएत कर्मचारीहरुको सहभागिता रहेको थियो ।