ताजा अपडेटः

प्रतापपुरमा अटिजम अपाङगता भएका बालबालिकाकाे परिक्षण सिविर सम्पन्न

कल्पना खरेल
प्रतापपुरमा अटिजम अपाङगता भएका बालबालिकाकाे परिक्षण सिविर सम्पन्न प्रकाशित मिति: २४ असार २०८१, आईतवार १८:४९

सितमति हरिजन

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आयाेजित अपाङगता भएका बालबालिकाकाे परिक्षणको लागी दुई दिने सिविर सम्पन्न भएको छ ।
सुनवल सामुदायिक विकास संस्थाको आयोजनामा अपाङगता समावेशी विकास परियोजना अन्तर्गत संचालित उक्त शिविर आज आइतबार सम्पन्न भएकाे हाे ।
युनाइटेट मिसन टु  नेपाल नवलपरासीका टिम लिडर  सबु तामाङका अनुसार अपाङगता समावेशी विकास परियोजना अन्तर्गत नवलपरासी पश्चिम पाल्हिनन्दन र प्रतापपुर गाँउपलिकामा अटिजम अपाङगता भएका १८ बर्ष सम्मका बालबालिकालाई सहयाेग पुर्याउने लक्ष्य सहित सिविर संचालन गरिएकाे थियाे ।
सिविरबाट ३७ जना बालबालिकाले लाभ लिएकाे मनोचिकित्सक डा. दिपेश भट्राईले जानकारी दिनुभएकाे छ ।




Ads