ताजा अपडेटः

सुस्तामा एक युवक नदिले बगाएर बेपत्ता

सुस्तामा एक युवक नदिले बगाएर बेपत्ता प्रकाशित मिति: २३ असार २०८१, शनिबार १९:११

कल्पना खरेल, नवलपरासी । सुस्तामा नारायणी नदिले बगाएर ल्याएकाे दााउरा टिप्ने क्रममा एक व्यक्ति बेपत्ता भएका छन् ।आज दिउँसो अन्दाजी  ४:४५ बजे सुस्ता गा.पा. ५ सकर दिनई बस्ने राम केवल चमारको छोरा ३३ वर्षका अर्जुन चमार नदिले बगाएर बेपत्ता भएका हुन् ।
बेपत्ता भएका चमारकाे प्रहरी चौकी रामनगरबाट प्र.ब.ना.नि राजाराम कुर्मीको कमाण्डमा खटिएकाे प्रहरी टोलिले खोज तलास शुरु गरेकोमाहालसम्म फेला नपरेको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।
अहसकाे इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी कुडिया, प्रहरी चौकी नर्सहि समेतबाट प्रहरी टोलि खटिगई स्थानियहरु समेतको सहयोगमा खोजतलास कार्य भई रहकाे छ ।



Ads