ताजा अपडेटः

सुनवलमा ६० कृषकलाई फलफुलकाे बिरुवा वितरण

कल्पना खरेल
सुनवलमा ६० कृषकलाई फलफुलकाे बिरुवा वितरण प्रकाशित मिति: २१ असार २०८१, बिहीबार १८:४७

कल्पना खरेल, नवलपरासी । सुनवल ७, तरगाैलि पश्चिम नवलपरासीका ६० जना कृषकलाई आज बिहिवार फलफूलकाे बिरुवा वितरण गरिएकाे छ ।
यहीँ असार १८ देखि २० गते सम्म संचालित ३ दिने व्यवसायीक कृषि तथा पशु पालन तालिमकाे आज अन्तिम दिन उनीहरूलाई आँप तथा लिचीकाे बिरुवा वितरण गरिएकाे हाे ।
व्यवसायीक कृषि र पशु पालन गरि आत्मनिर्भर बनाउने लक्ष्य सहित तालिमको आयाेजना गरिएकाे लुम्बिनी प्रदेश प्राविधिक  प्रशिक्षक विमल ढकालले  बताउनुभएकाे छ ।
तालिम वडा नम्बर ७ का वडा अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षता र प्रशिक्षक विमल ढकालकाे संचालनमा सम्पन्न भएकाे हाे ।




Ads