ताजा अपडेटः

सुनवलका ५ स्वास्थ्य संस्थाहरुलाई  किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

सुनवलका ५ स्वास्थ्य संस्थाहरुलाई  किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा प्रकाशित मिति: २० असार २०८१, बुधबार २०:१४

कल्पना खरेल, नवलपरासी । पश्चिम  नवलपरासीको सुनवल नगरपालिका अन्तर्गतका ५ वटा वडामा अवस्थित स्वास्थ्य संस्थाहरुलाई  किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएकाे छ ।
सुनवल नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा आज बुधबार वडा नं. १,३,४,५ र ६ मा अवस्थित स्वास्थ्य संस्थाहरुलाई  उक्त किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख विमला अर्यालले किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणाका लागि ४५ वटा सुचक पूरा गरेकाे हुनुपर्ने हुदा,साे काे लागि खटिएका स्वास्थ्यकर्मी,जनप्रतिनिधि सबैलाई बधाई दिनुभयाे ।
घाेषणा सगैँ त्यसकाे दिगाेपना र निरन्तरता आवश्यक रहेकाेले त्यसप्रति पनि सजक रहेर काम गर्न नगरप्रमुख अर्यालकाे सुझाव दिनुभयाे ।
सि.अ.हे.ब अधिकृत चुडामणि नेपालकाे संचालन र प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जि.सी.काे स्वागत रहेकाे कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी र कार्यपालिका सदस्य सीता भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणाकाे प्रतिवेदन नगर स्वास्थ्य  शाखा प्रमुख कृष्ण न्याैपानेले गर्नुभएकाे थियाे भने घाेषणा भएका ५ स्वास्थ्य संस्थालाई सम्मान समेत गरिएकाे थियाे ।



Ads